मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मोदीको नेपाल भ्रमण, मुक्तिनाथमा भव्य तयारी

सारांश

  • मुस्ताङ, १९ वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको तयारीस्वरुप परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले बुधबार मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन गरेका छन् ।
  • परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ दीपक अधिकारीसहितको १२ जनाको टोलीले मुक्तिनाथ पुगेर अवलोकन गरेको हो ।

मुस्ताङ, १९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको तयारीस्वरुप परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले बुधबार मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन गरेका छन् ।

परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’ दीपक अधिकारीसहितको १२ जनाको टोलीले मुक्तिनाथ पुगेर अवलोकन गरेको हो । सो अवसरमा मुस्ताङका प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले जिल्लाको शान्ति–सुरक्षाको अवस्था र सुरक्षा प्रबन्धबारे जानकारी गराएका थिए ।

मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाको विषयमा पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी गराएका थिए । भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथमा दर्शनकाक्रममा करिब २५ मिनेट समय व्यतित गर्ने तय गरिएको जनाइएको छ ।

यस्तै, सो टोलीमा आएका डा. जयकुमार ठाकुर र भूपेन्द्र बस्नेतले मोदी भ्रमणका बेला अक्सिजन तथा स्वास्थ्य सेवाको अवस्थालाई चुस्त राख्न आग्रह गरेका छन् । टोली भारतीय वायुसेवा निगम र नेपाली सेनाको दुईओटा हेलिकोप्टरमार्फत् मुक्तिनाथ पुगेको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Shiva Kumar Thapa

    भारतिय प्रधानमन्त्री नरेन्द्र दास माेदि काे भ्रमण नेपाल काे हाे त्यसै ले सर्वप्रथम नेपाल काे राजधानी काठमाडौ मा पदार्पण भै नेपाल सरकार प्रमुख संग भेट घाट श्रद्धा शुमन सद्भाव यक अापस मा अादान प्रदान स्वरुप अन्यत्र भ्रमण हुनु पर्ने हाे।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?