१० महिनामा ११ खर्ब व्यापार घाटा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १२, २०७६
|
|
४३ पटक हेरिएको
Shares
१० महिनामा ११ खर्ब व्यापार घाटा

सारांश

  • काठमाडौं १२ जेठ ।
  • चालू आर्थिक वर्षको १० महिनामामात्रै करिब ११ खर्बको व्यापार घाटा भएको छ ।
  •  चालू आर्थिक वर्षको वैशाख महिनासम्म १० खर्ब ९९ अर्ब रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागले जनाएको हो ।

काठमाडौं १२ जेठ । चालू आर्थिक वर्षको १० महिनामामात्रै करिब ११ खर्बको व्यापार घाटा भएको छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म १० खर्ब ९९ अर्ब रुपैयाँ व्यापार घाटा भएको भन्सार विभागले जनाएको हो ।

१० महिनासम्ममा ११ खर्ब ७८ अर्ब बराबरको वस्तु आयात भएको छ भने निर्यात जम्मा ७८ अर्ब ५३ करोडकोमात्रै भएको विभागको तथ्यांक छ ।

निर्यातको तुलनामा आयात २०.६ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।अघिल्लो वर्ष यसै अवधिमा ९ खर्ब ८२ अर्ब बराबरको वस्तु आयात भएको थियो भने ६६ अर्ब बराबरको वस्तु निर्यात भएको थियो ।

समीक्षा अवधिमा दुई खर्ब ६ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने एक खर्ब १९ अर्ब बरारबको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ ।

यस्तै, एक खर्ब ५५ अर्बको मेसिनरी तथा इलेक्ट्रिक सामान आयात भएको छ ।नेपाल कृषिप्रधान मुलुक भएपनि तरकारी, तेलहन वस्तु तथा पशुपक्षीकोमात्रै २९ अर्बको सामान भित्रिएको छ । यस अवधिमा गेडागुडी ४४ अर्ब, ग्यास २९ अर्ब ८३ करोेड, दुग्धजन्य वस्तुहरु १७ करोड बराबरको आयात भएको छ ।

यस्तै, दुई अर्बको चिनी एवं १२ अर्ब ३० करोडको तेलजन्य वस्तुहरु भित्रिएको विभागको तग्थ्यांक छ ।निर्यातको अवस्था नाजुक छ । समीक्षा अवधिमा ८ अर्ब बराबरको तरकारी, पशुपक्षी निर्यात भएको विभागले जनाएको छ । नेपालबाट ऊनीधागो ८ अर्ब ७२ करोड एवं चिया तथा कफी ६ अर्ब ३७ करोड बराबरको निर्यात भएको छ ।

भारतसँगमात्रै व्यापार घाटा ७ खर्ब ११ अर्ब पुगिसकेको छ भने चीनसँग पनि एक खर्ब ६७ करोड व्यापार घाटा भएको भन्सार विभागले जनाएको छ ।

(sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
घटिया संविधान संशोधन गर्नुपर्छ, होइन भने खारेज गराएर छाड्छौँ : उपेन्द्र यादव
नेपाल सरकार र अध्यक्ष पुनबीच सहमति
नेपाल सरकार र अध्यक्ष पुनबीच सहमति
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
ठगी गरेको आरोपमा कांग्रेस नेता शाह पक्राउ
ठगी गरेको आरोपमा कांग्रेस नेता शाह पक्राउ
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
भारतीय प्रेस काउन्सिललाई ध्यानाकर्षण, नेपालका १०० अनलाइनलाई कारबाही
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह, तत्काल मन्त्री फिर्ता नबोलाउने
कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ
कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ
हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको भीड
हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको भीड