इन्टरनेट अगाडि हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
१७ पटक हेरिएको
Shares
इन्टरनेट अगाडि हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर

सारांश

  • काठमाडौं।
  • प्रेमकथामा आधारित फिल्म ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज गरिएको छ।
  • राजाराम बुढाथोकीद्वारा निर्मित फिल्मको सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता बढाएको छ।

काठमाडौं। प्रेमकथामा आधारित फिल्म ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज गरिएको छ। राजाराम बुढाथोकीद्वारा निर्मित फिल्मको सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता बढाएको छ। अहिले हलमा विभिन्न फिल्म हेर्न पुगेका दर्शकलाई ट्रेलर मनोरञ्जन दिएको छ।

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म पुस २७ मा प्रदर्शन गरिने तय भएसँगै हलबाट ट्रेलर सार्वजनिक गरिएको हो । दुई पोस्टर र गीत सार्वजनिक गरिएको फिल्मको ट्रेलर इन्टरनेटमा भने सोमबार सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।

हलमा बजिरहेको ट्रेलरले सकारात्मक प्रभाव पारिरहेको अभिनेत्री रक्षा बुढाथोकीले बताइन्। सञ्चारमाध्यममा अन्तर्वार्ता दिने क्रममा उनले ठूलो पर्दामा देखिदाको अनुभव छुटै रहेको समेत बताइन्। ‘सार्वजनिक ट्रेलरमा हासो, रोदन, एक्सन, विछोड सम्पूर्ण कुराको मिश्रण छ। दर्शकले यसबाट भरपुर मनोरन्जन पाउनुहुनेछ’, रक्षाले भनिन्। उनले फिल्ममा आफू लभर गर्लको भूमिकामा रहेको जानकारी दिइन्।

निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई फिल्ममा डेब्यु गराएका थिए। यसपटक उनेल ‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गराएका छन्।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए। निकै उत्साहित छु। आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने । उनले आफूलाई विश्वास गरेर डेब्यु गराउने निर्माता राजारामलाई समेत धन्यवाद व्यक्त गरे।

निर्माता राजाराम बुढाथोकीले विना सम्झौता फिल्म तयार गरिएको जानकारी दिए। उनले भने,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ। यो विशुद्ध मनोरन्जनात्मक फिल्म बनेको छ । स-परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ।’

रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन्। यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ। वितरक श्रेष्ठले हलमा रिलिज गरिएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको र हल संचालक ट्रेलरलाई लिएर सकारात्मक रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?