पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पृथ्वीनाराण शाहलाई थुकौ भन्ने आङकाजी शेर्पाको यो कस्तो सन्देश हो ?

सारांश

  • आज पुस २७ गते ।
  • पुस २७ गते नेपाल एकिकरणको अभियन्ता पुथ्वीनारायण शाहको जन्म दिन पनि हो ।
  • ६२÷६३ सालको जनआन्दोलन अघि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको थियो ।

आज पुस २७ गते । पुस २७ गते नेपाल एकिकरणको अभियन्ता पुथ्वीनारायण शाहको जन्म दिन पनि हो । ६२÷६३ सालको जनआन्दोलन अघि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको थियो । तर उक्त आन्दोलन पछि भने पृथ्वी जयन्तीलाई त्यसपछि बनेका सरकारले न त बिदा नै दिए न त एकता दिवसकै रुपमा मनाए । तर यो पटक शेरबहादुर देउवा नेत्तृत्वको सरकारले पृथ्वी जयन्तीलाई पून राष्ट्रिय दिवसको रुपमा मनाउँदै राष्ट्रिय बिदा समेत दिएको छ । तर यो विदाका सम्बन्धमा विभिन्न जनजाती सम्बन्ध सघसंगठनले भने विरोध गरेका छन् । यद्यपी यो विरोधको लहर दुई भागमा विभाजित भएको छ । एउटा समूहले पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणको श्रेय दिदै उनलाई नेपाल एकिकरणको अभियानकर्ताको रुपमा स्मरण गरिनु ठीक भएको मान्छ । त्यस्तै अर्को समूह त्यो पनि खासगरी जनजाती सम्बन्ध समूह भने पृथ्वीनारायण शाहलाई सामन्तवादी र क्रुर शासक भन्दै विरोधमा उत्रिएको छ ।

सबैभन्दा कडा स्टेटमेन्ट आङकाजी शेर्पाको

चर्का जातीय नारा उचाल्दै आउने मध्ये एक हुन – आङकाजी शेर्पा । प्राय हिन्दु धर्मावलम्बी तथा क्षेत्री ब्राह्मण समुदाय प्रति विष वमन गर्दै आइरहेका आङकाजी आज सरकारले मनाएको पृथ्वी जयन्ती प्रति पनि आक्रामक नै देखिएका छन् । उनले विहानै फेसबुकमा राखेको स्टाटस पृथ्वी जयन्ती मनाइरहेकालाई आक्रोसित बनाउने किशिमको छ । उनले फेसबुकबाट पृथ्वीनारायण शाहको निन्दा गर्दै काठमाडौँको कीर्तिपुरमा पृथ्वीनारायण शाहलाई थुक्ने कार्यत्रमm राखे । उनले कीर्तिपुर बसपार्क लोकेसन दिदै १२ः३० मा पृथ्वीनारायणलाई थुक्ने भन्दै आफ्नो फेसबुकमा स्टाटस राखेका थिए । उनले यो स्टाटस राखे लगत्तै उनको पक्ष र विपक्षमा कैयौले प्रतिक्रिया दिएका छन् ।

 

आङकाजी शेर्पाको फेसबुक स्टाटस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?