संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला

सारांश

  • विराटनगर ।
  • नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए ।
  • कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्छ भने ।

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्छ भने ।

केन्द्रीय सदस्य कोइरालाले सङ्घीयता बलियो भए मात्र गणतन्त्र बलियो बन्ने बताउँदैै देशमा उत्पन्न हुन सक्ने कठिन परिस्थितिलाई सामान्य बनाउन सरकारलाई संवेदनशील रहन आग्रह  समेत गरे ।

काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य पदमा महिलातर्फ सुनसरी धरान उपमहानगरपालिका–१ निवासी ६५ वर्षीया मीना पुलामी मगर, दलिततर्फ फिदिम नगरपालिका–१ निवासी ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुलातर्फ झापा भद्रपुर नगरपालिका–८ निवासी ५८ वर्षीय राजेन्द्र घिमिरे रहेका छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?