कतार नाकाबन्दीको एक वर्ष

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
४१ पटक हेरिएको
Shares
कतार नाकाबन्दीको एक वर्ष

सारांश

  • दोहा, २० जेठ ।
  • खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।
  • अघिल्लो वर्षको जुन ५ देखि साउदी अरब, बहराइन, इजिप्ट, युएइ लगायतका राष्ट्रले नाकाबन्दी लगाएका थिए ।

दोहा, २० जेठ । खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।

अघिल्लो वर्षको जुन ५ देखि साउदी अरब, बहराइन, इजिप्ट, युएइ लगायतका राष्ट्रले नाकाबन्दी लगाएका थिए ।

यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।

उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए ।

कतारले ‘आतङ्कबाद’लाई सहयोग पु¥याएको र इरानसँग नजिकिएको नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् ।

तर कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको थियो ।

उनीहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् ।

साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ ।

नाकाबन्दी लगाउने देशहरुले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पुरा गर्न भनिएको पनि समाचारमा जनाइएको थियो ।

मागमध्ये एउटा अल जाजिरा च्यानल बन्द गर्नुपर्ने माग पनि थियो । त्यसैगरी इरानसँगको सम्वन्धलाई महत्व दिनु नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशहरुले राखेका थिए ।

माग तथा सर्त पुरा गर्न उनीहरुले कतारलाई दश दिनको समय दिएका थिए । तर ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो ।

विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाए।

राजाको त्यो आह्वानलाई कतारी सञ्चारमाध्यमले गलत तरिकाले व्याख्या गरे । त्यसपछि सेक्टेम्बर ९ मा साउदी अरबले कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो ।

सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरे ।

नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो भने राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग¥यो ।

(https://www.napavalley.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजनको उम्मेदवारी खारेज हुने या नहुने फैसला आज हुँदै !
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
विज्ञान र प्रविधिको विकास आवश्यक ः पूर्व प्रधानमन्त्री खनाल
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि
सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
एनसेल मुख्यालय बम काण्ड : कर्मचारी सहित शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा
Warsaw nationalist march draws tens of thousands
Warsaw nationalist march draws tens of thousands