नेकपा मिलाउन चीन यसकारण असफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १६, २०७७
|
|
२४ पटक हेरिएको
Shares
नेकपा मिलाउन चीन यसकारण असफल

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीलाई मिलाउन चाडर्ट विमानमै नेपाल आएको छ सदस्यीय चिनियाँ टोली निराश भई फर्किएको छ ।
  • चिनियाँ कम्युनिस्टपार्टीको विदेश विभागका उपमन्त्री गुओ येचाऊ टोलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष सन्देश बोकेर कुनै हालतमा नेकपा मिलाउने टास्क बोकेर आएपनि सफल नभएपछि निराश भई फर्किएको हो ।
  • चिनियाँ टोलीले निकै प्रयास गर्दा नेकपाको दुवै पक्ष सफल हुन नसक्नुमा दुवै अडानबाट पछि नहटनु मुख्य कारण हो ।

नेपाल कम्युनिस्ट पार्टीलाई मिलाउन चाडर्ट विमानमै नेपाल आएको छ सदस्यीय चिनियाँ टोली निराश भई फर्किएको छ । चिनियाँ कम्युनिस्टपार्टीको विदेश विभागका उपमन्त्री गुओ येचाऊ टोलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष सन्देश बोकेर कुनै हालतमा नेकपा मिलाउने टास्क बोकेर आएपनि सफल नभएपछि निराश भई फर्किएको हो ।

चिनियाँ टोलीले निकै प्रयास गर्दा नेकपाको दुवै पक्ष सफल हुन नसक्नुमा दुवै अडानबाट पछि नहटनु मुख्य कारण हो । टोलीले नेताहरुको घर, होटल देखि दूतावासमा प्रतिनिधि डाकेर छलफल गरेको थियो । तर, प्रधानमन्त्री ओली संसद पुर्नस्थापना गर्न नमान्ने र प्रचण्ड कुनै हालतमा संसद पुर्नस्थापनाको अडानबाट पछि हटेनन् । अडान नछाडेपछि नेकपा पुनः एक बनाउने चिनियाँ प्रयास असफल भयो ।

विगतमा नेकपा एक हुँदा चीनले भूमिका खेलेको खुल्दै गएको छ । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेकपाका नेताहरुलाई प्रशिक्षण दिनेसम्म गरियो । नेकपाको यसअघिको दुईपटकको सम्भावित फुटलाई टार्न चीनले नै भूमिका खेलेको थियो । राजदूत होउ यान्छी नेकपाका शिर्ष नेताहरुलाई घर घरमा भेटेर यसमा सफल भएकी थिइन् ।

यसपटक भने यान्छीको पनि केही नलागेपछि बेइजिङबाट चीनको टोली चाटर्ड विमानबाट आएको थियो । टोलीले नेकपाका शिर्ष नेता देखि उनीहरुका विश्वासपात्र नेताहरुलाई पनि भेटेको थियो । तर, सहमतिको बिन्दु तयार गर्ने प्रयासमा विफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ टोलीले महत्वपूर्ण भेटवार्ता गरेको थियो । त्यसपछि उनीहरुले छानेका विश्वासपात्रहरु राजन भट्टराई र जर्नादन शर्मासँग दूतावासमा पटक पटक छलफल गरेको थियो । ओली संसद पुर्नस्थापनाको विपक्षमा र प्रचण्ड त्यही अडानमा टसमस नभएपछि कुरा मिल्न सकेन । दुवैको अडानबाट पछि हट्न लगाएर बीचको बाटोमा समेत सहमति बनाउन खोजिएको थियो ।

संसद पुनःस्थापनाको अवस्था बनाएर ओलीलाई पाँच वर्ष पूरा कार्यकाल सरकार चलाउन दिने या मध्यावधि चुनावमा मिलेर जाने अवस्थामा समेत विकल्प खोज्ने प्रयास सबै विफल भएको विश्वस्त स्रोतले बताएको छ । कुरा नमिलेपछि नेकपाको दुवै समूहका नेताहरु एक अर्काविरुद्ध खनिन थालेका छन् । उनीहरुले एक अर्कालाई आक्रामक रुपमा प्रस्तुत गरेका छन् । प्रचण्डले ओलीलाई तानाशाह भनेका छन् । चुनौतीका साथ सकेको गरेर देखाउन भनेका छन् ।

नेकपाका अन्य नेताहरुले ओलीलाई इतिहासमै कलंकित भने । प्रचण्डले त ओलीलाई नेपाली राजनीतिमा पत्तासाफ हुने ठोकुवा गरे । यसले पनि नेकपा एक नहुने अवस्थामा पुगेको सन्देश प्रवाह भएको छ । चिनियाँ टोली राजनीतिक तहमा भेटघाटमा सक्रिय भएपछि कुनै सुखद परिणाम नआउने लक्षण प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको आजको अभिव्यक्तिले देखाएको छ । प्रचण्डले कम्युनिस्ट पार्टी फुटेको समेत बताए ।

नेकपा मिलाउन आएको चिनियाँ टोलीप्रति ओली समूहले आक्रोश पोख्न थालेको छ । नेकपाको ओली समूहमा रहेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टी फुटिसकेको भन्दै चीनले मिलाउन नसक्ने बताएका छन् । उनले वीरगञ्जमा मङ्गलबार बोल्दै चीनको प्रयासले पार्टी विभाजन नरोकिने बताएका हुन् । उनले भने,‘चीनले जति नै प्रयास गरेपनि पार्टी एक हुनसक्दैन, नेकपा फुटिसक्यो ।’ उनले चीनले नेकपाको हितका लागि नभई स्वार्थका लागि भूमिका देखाइरहेको आरोप लगाए ।

चिनियाँ टोली नेकपा नेताहरुको निवासमै र होटलमा भेटेर फुटलाई पुनः जोड्ने प्रयास गरिरहँदा मण्डलको भनाई बाहिर आएको हो । ओलीका नजिकका नेता मण्डलको अभिव्यक्तिले पनि ओलीमाथि दबाब बढाइएको थियो । तर, ओलीले प्रचण्ड समूहबाट एकताको सम्भावनाका लागि आएको प्रस्तावलाई अस्वीकार गरिसकेको विश्वस्त स्रोतले बताएको छ । ओलीलाई सच्चिन र संसद पुनःस्थापनाको वातावरण बनाएमा एकता हुनसक्ने प्रचण्ड समूहले चिनियाँ पक्षमार्फत् प्रस्ताव पठाएको थियो । त्यही सेरोफेरोमा जर्नादन शर्माले पनि कुरा गरेका थिए । तर, ओलीले पछि फर्कन नसकिने बरु मिलेर मध्यावधि चुनावमा जानुपर्ने अडान राखेका थिए । तर, प्रचण्ड त्यसमा सहमत भएनन् ।

चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । सोमबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि टोलीले भेट गरेको थियो । नेकपाभित्रको दुवै समूहको प्रभावशाली नेताहरुसँग भेटेको चिनियाँ टोलीले निकै गृहकार्य गरेपनि नेकपा एक हुन सकेन । चनियाँ गतिविधि यस घटनाले धेरै उजागर गरेको छ । चार दिन नेपाल बसेर गरेको दौडधूपबाट पनि नेकपा एक नहुन देखेपछि उसले नयाँ रणनीतिको तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
राजा छनोट गर्ने एेतिहासीक लिगलिगे दौड हुँदै !
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव
पाकिस्तानलाई चिठ्ठा पर्यो !
पाकिस्तानलाई चिठ्ठा पर्यो !
समाजसेवी कृतु भन्डारीको सहयोगमा बेलारुसमा अलपत्र नौजना महिला स्वदेश फिर्ता
समाजसेवी कृतु भन्डारीको सहयोगमा बेलारुसमा अलपत्र नौजना महिला स्वदेश फिर्ता
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
भदौ १० गते मंगलबारको राशिफल यस्तो छ
यी हुन् कांग्रेसले अग्रता लिएका नगरपालिका
यी हुन् कांग्रेसले अग्रता लिएका नगरपालिका
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते
वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते

तपाईंले छुटाउनुभयो कि?