मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७३
|
|
३६० पटक हेरिएको
Shares
मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमालेको असहमति

सारांश

  • सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ ।
  • संविधान संशोधन र तराईमा जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा निर्वाचनमा आउने सुनिश्चितताको आधारमा प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने निष्कर्षमा सरकार पुगेको हो ।
  • सरकारले सीमांकन संशोधनको विषय आयोगबाट टुंगो लगाउने र अन्य विषय पारित गराएर जाने तयारीसँगै मोर्चाको माग सम्बोधनका लागि प्रदेश–२ मा मात्रै स्थानीय तहको संख्या बढाउने काम थालेको हो ।

सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ । संविधान संशोधन र तराईमा जनसंख्याका आधारमा स्थानीय तह निर्धारण गरिनुपर्ने माग राख्दै आएको मोर्चा निर्वाचनमा आउने सुनिश्चितताको आधारमा प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने निष्कर्षमा सरकार पुगेको हो ।
सरकारले सीमांकन संशोधनको विषय आयोगबाट टुंगो लगाउने र अन्य विषय पारित गराएर जाने तयारीसँगै मोर्चाको माग सम्बोधनका लागि प्रदेश–२ मा मात्रै स्थानीय तहको संख्या बढाउने काम थालेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य तथा पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले निर्वाचनमा सहभागी हुने गरी सहमतिको कोणबाट प्रतिशत बढाउने, ७ सय ४४ वटा स्थानीय तहलाई करेक्सन गर्ने तथा सीमांकन संशोधनमा आयोग गठन गर्नेलगायतका विषयमा छलफल भइरहेको बताए ।

सीमांकन संशोधन अगाडि बढाउँदा प्रमुख प्रतिपक्षी एमाले नेतृत्वको विपक्षी गठबन्धनले समर्थन नगर्ने र निर्वाचनसमेत नहुने स्थिति देखिएपछि सरकारले मोर्चाको माग सम्बोधनका लागि प्रदेश–२ मा मात्रै स्थानीय तहको संख्या बढाउने र प्रदेशको निर्वाचनअघि नै सीमांकन विवाद आयोगबाट हल गर्ने गरी सहमति जुटाउन लागेको हो । एमालेले भने निर्वाचन मिति घोषणा भइसकेको र आचारसंहिता लागू भइसकेको अवस्थामा तह संख्या बढाउन नहुने बताएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आचारसंहिता लागू भइसकेको अवस्थामा स्थानीय तह बढाउनु भनेको मतदाताको नामावली परितर्वन गर्नुजस्तै भएको टिप्पणी गरे । यसअघि ३ चैतमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ र मोर्चाको बैठकले संशोधनका विषयमा सहमतिका बुँदा तय गर्न गठन गरेको कार्यदलले प्रदेश–२ मा संख्या र मतदान केन्द्र बढाउने तथा सीमांकनको विषय टुंगो लगाउन शक्तिशाली आयोग गठन गर्ने विषयमा सहमतिनजिक पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ : शिक्षामन्त्री
आज हरितालिका तीज, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुँइचाे
आज हरितालिका तीज, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुँइचाे
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
ठाकुर ज्ञवाली आइजीपी
ठाकुर ज्ञवाली आइजीपी
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
थोत्रो साइकल चढ्ने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद,साइकल त देखाउनका लागि मात्रै !
आजको राशिफल
आजको राशिफल
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो
महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो

तपाईंले छुटाउनुभयो कि?