बिस्केट जात्राको पहिलो दिन मै ढुङ्गा हानाहान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २९, २०७३
|
|
३७६ पटक हेरिएको
Shares
बिस्केट जात्राको पहिलो दिन मै  ढुङ्गा हानाहान

सारांश

  • भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् ।
  • घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल रहेका छन् ।
  • घाइतेमध्ये प्रनानी खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल पठाइएको र अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री, प्रहरी जवान लक्ष्मी मल्ल, भक्तपुर नगरपालिका बासिन्दामध्ये वंशगोपाल निवासी सरोज शिल्पकार, कमलविनायक निवासी सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा–३ का सुरेश जटुजु, भनपा–१३ का क्षितिज धुकुवा, मनोहर चौथी र गोकुल सुवाल रहेका छन् ।

घाइतेमध्ये प्रनानी खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल पठाइएको र अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

टौमढीबाट सोमबार अपराह्न ५ बजेदेखि सुरु भएको भैरवको रथ तान्ने क्रममा रथलाई माथिका बासिन्दाले गोल्मढी पुर्याएको र रथलाई पुनः तलका बासिन्दाले तानेर टौमढी ल्याइएपछि राति ९ बजेदेखि ढुङ्गा हानाहानमा भएको थियो ।

ढुङ्गा हानाहान मध्यराति १२ः३० बजेसम्म जारी रहेपछि प्रहरीले भीडलाई हस्तक्षेप गरेर तितरवितर पारेको थियो र प्रहरीले नै रथलाई टौमढीबाट तानेर गःहिटी पुर्याएको थियो ।

भक्तपुरमा आठ रात-नौ दिनसम्म मनाइने बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तानेर जात्रा मनाउने प्रचलन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बयानकालागि बोलायो ८६ जनालाई
प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !
प्रधानमन्त्री ओलीको मृगौला पूनः फेर्न सकिने !
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
काठमाडौँबासीले यो वर्ष पनि मेलम्चीको पानी खान नपाउने
शिवराजको सडक विजयनगरले बनायो
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छाैँ : गृहमन्त्री श्रेष्ठ
सर्लाहीलगायत जिल्लाका घटनाबारे गम्भीर भएर छलफल गरिरहेका छाैँ : गृहमन्त्री श्रेष्ठ
ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)
ज्ञानेन्द्र शाहिलाई भक्तपुरका युवाले बाजा बजाएर लखेटे ।(भिडियो सहित)
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)
फोटो खिचाउनलाई मात्र धान रोप्न हुदैन: उपप्रधान तथा रक्षा मन्त्री पोखरेल ( भिडियाे तथा फाेटाेफिचर)

तपाईंले छुटाउनुभयो कि?