मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

सारांश

  • सिन्धुपाल्चोक- चौवीस घण्टादेखि जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना झण्डै ५० प्रतिशत सम्पन्न हुन लाग्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।
  • प्रतिनिधिसभा सदस्य क्षेत्र नं.
  • १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले स्पष्ट ४ हजार मतको अग्रता लिएका छन् ।

सिन्धुपाल्चोक- चौवीस घण्टादेखि जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना झण्डै ५० प्रतिशत सम्पन्न हुन लाग्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले स्पष्ट ४ हजार मतको अग्रता लिएका छन् । सुरुदेखि नै पछ्याइरहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेस नेता मोहनबहादुर बस्नेतले एक पटक पनि उनलाई भेट्न सकेका छैनन् ।

 सापकोटाले १८ हजार ८ सय ५८ मत र बस्नेतले १४ हजार ७ सय ३२ मत प्राप्त गरेका छन् । सापकोटा पूर्वसूचना तथा सञ्चारमन्त्री हुन भने बर्तमान सरकारमा सोही हैसियतमा रहेका बस्नेत प्रवक्तासमेत छन् । मध्याह्नसम्म रहेको ५ हजार मतको अग्रता घटाएर बस्नेतले ३ हजार झारेका थिए । अपराह्नदेखि भने सापकोटाले अग्रता बढाइरहेका छन् ।

  यो क्षेत्रमा ३७ हजार ४ सय ९४ मतगणना भएको छ । यो कुल खसेको मतको ४७ प्रतिशत हो । यहाँ ७८ हजार ७ सय ४९ मत खसेको छ ।

 प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणनामा बाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तीव्र प्रतिस्पर्धा देखिए पनि एमालेका शेरबहादुर तामाङले मतान्तर बढाउँदै लगेका छन् । उनले २ हजार ८ सयभन्दा बढी मतको अग्रता बनाएका छन् । तामाङले १८ हजार ४ सय ४३ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणाले १५ हजार ६ सय २२ मत पाएका छन् ।

बिहीबार रातभरिजसो उनीहरु बीच को अघि बढ्ने भन्नेमा तीव्र प्रतिस्पर्धा देखिए पनि शुक्रबार बिहानदेखि तामाङले लगातार मतान्तर बढाइ रहेका छन् । अहिलेसम्म यो क्षेत्रमा ३८ हजार ४ सय ९९ सय मतगणना भएको छ । यो कुल खसेको मतको ४८ प्रतिशतभन्दा बढी हो । यहाँ ७७ हजार ९ सय ९७ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विवाह पञ्चमी
आज विवाह पञ्चमी
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
राप्रापा को नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज
भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण
भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
राजकुमारीकाे पद त्यागेर प्रेमीसँग विवाह !
राजकुमारीकाे पद त्यागेर प्रेमीसँग विवाह !
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने