डा. केसीले मियाको हातबाट जुस खाएर अनसन तोडे
सारांश
- काठमाडौं, पुस २९ ।
- १४ औं पटक अनशनमा बसेको डा.
- गोविन्द केसीले ५ दिनपछि अनशन तोडेका छन् ।
काठमाडौं, पुस २९ । १४ औं पटक अनशनमा बसेको डा. गोविन्द केसीले ५ दिनपछि अनशन तोडेका छन् ।
शनिबार बिहान साढे १० बजे त्रिवि शिक्षण अस्पताल बाहिर जुत्ता पालिस गर्ने सिराहाका ४८ वर्षीय नाथुराम मियाको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
शुक्रबार राती सरकार र डा. केसीबीच ५ बुँदे सहमति भएको थियो । सरकार तर्फबाट स्वाथ्यमन्त्री दिपक बोहरा र केसीबीच ५ बुँदे सहमति भएपछि केसी अनशन तोड्न सहमत भएका हुन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा शशि शर्माको पुनर्बहाली आदेशसँगै डा.केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागसहित गत सोमबारदेखि अनशन थालेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया