राष्ट्रकवि घिमिरे थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल मा !
सारांश
- काठमाडौँ, ९ जेठ ।
- राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ ।
- विगत केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई सरकारी खर्चमा दिल्ली लगिएको हो ।
काठमाडौँ, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि थप उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ ।
विगत केही हप्तादेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई सरकारी खर्चमा दिल्ली लगिएको हो ।
परिवार स्रोतका अनुसार ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकविको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको थियो ।
उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको थियो ।
९९ वर्षिय राष्ट्रकवि बिरामी भएर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएपछि सोमबार साँझ प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर उपचार बारे जानकारी लिँदै उनीसँग भेट गरेका थिए । प्रम ओलीले नै नेपालमा उपचार सम्भव नभए विदेश लगेर भएपनि उपचार गरिने र त्यसको सबै खर्च सरकारले बेहोर्ने बताएका थिए ।
Sombikram Thapa
Get well soon
Adv.Deepak Shrestha
Get well soon…