भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
५८ पटक हेरिएको
Shares
भक्तपुरको खनेपानी समस्या समाधान गर्दछु-एमाले नेता तथा पूर्व मन्त्री महेश बस्नेत

सारांश

  •  भक्तपुर,  मंसिर २१, गतेको निर्बाचनको बारेमा एमाले भक्तपुरका नेता तथा पत्रकारहरुको बीच प्रेस चौतारी भक्तपुरले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो।
  • उक्त कार्यक्रममा एमाले नेता एबं पुर्ब मन्त्री महेश बस्नेतले भक्तपुर भरिको खानेपानीको समस्या हल गर्ने प्रतिबद्धता जनाएका थिय।
  •     बिगतमा आफूले गरेको पहल समेत जोडेर उहाले राखेको बिचारको संम्पादित अंश साथी बिमल थापाले पठाएका छन।
 भक्तपुर,  मंसिर २१, गतेको निर्बाचनको बारेमा एमाले भक्तपुरका नेता तथा पत्रकारहरुको बीच प्रेस चौतारी भक्तपुरले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो। उक्त कार्यक्रममा एमाले नेता एबं पुर्ब मन्त्री महेश बस्नेतले भक्तपुर भरिको खानेपानीको समस्या हल गर्ने प्रतिबद्धता जनाएका थिय।
    बिगतमा आफूले गरेको पहल समेत जोडेर उहाले राखेको बिचारको संम्पादित अंश साथी बिमल थापाले पठाएका छन। मेलम्चीको पानी दोश्रो चरणमा मात्र भक्तपुर आउने निर्णय भएको थियो। केपी ओलीको सरकार भएको समयमा हाम्रो अथक प्रयाश द्वारा पहिलो चरणमै भक्तपुरमा मेलम्चीकको पानी खुवाउने निर्णय गराइएको थियो ।
   कटुन्जेमा ६० करोड लिटर र टिगिनीमा ३० करोड लिटर करोड लिटरको ट्याङ्कि निर्माणको निमित्त १ करोड ६६ अरब रकम बराबरको टेण्डर भैइसकेको छ। सुर्यविनायक,मध्य्पुर, भक्तपुर र चाँगुनारायणका समथर भागहरुमा पानी वितरण गर्न पाईप बिछ्छाउने कार्य सुरु भैसकेको थियो। तर अहिलेको सरकारले फेरी भक्तपुरलाई दोस्रो चरणमा गर्ने भन्दै षड्यन्त्र भैरहेको गाइंगुई सुन्नमा आएको छ। तेस्तो हो भने एकपटक फेरी भक्तपुर बासी संघर्षमा उत्रनु पर्ने बला आउनेछ। भक्तपुरबासीहरुले अहिले पनि, पानि किनेर खानु पर्ने अवस्था छ। पिउनको लागि जारको पानी र लुगा धुन, नुहाउन र घरायसी प्रयोगको लागी ट्याक्टरले ढुवानी गर्न बाध्य छन। झौखेल, दुवाकोट, चाँगु, छालिंग, बागेश्वोरी, नगरकोट, सुडाल, तथाली तिर पनी अहिले पानीको समस्या बिकराल भैरहेको छ।
    माथि उल्लेखित क्षेत्रहरुमा पानीको दिर्घकालिन समस्या समाधान गर्न नगरकोट र बागेश्वरीको बिचमा रहेको मुहान पोखरीमा करिब ३ अर्बको लागतमा ठुलो ड्याम बनाएर खोलाको साथै बर्षातको पानि जम्मा तथा प्रसोधन गरेर बितरण गर्ने आयोजनामा म सहितको बिशेष पहल द्वारा के पी ओली सरकारले नै पहिलो चरणमा १० करोड बजेट बिनियोजन गरेको छ। तेस्तै टिगिनीको हाल काठमाडौ लगिएको पानीको श्रोत साँगा या पलाँसेमा नयाँ ट्याङ्की बनायर सुर्यबिनायक र मध्यपुर नगरपालिका क्षेत्रमा पानीको बैकल्पिक ब्य्बस्थापनको योजना बनेको छ। 
  यस प्रकार आउदो चुनावमा एमालेको नेतृत्वमा बन्ने सरकार द्वारा मेलम्ची र मुहान-पोखरीमा जम्मा गरिने पानि तथा अरु धेरै साना स्थानिय आयोजनाहरु द्वारा भक्तपुरमा पानिको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने मेरो दृढ योजना छ | यदि तत्कालै भक्तपुरमा पाईप बिछ्छाउने कार्य स्थगित गर्ने षड्यंत्र भैरहेको सत्य हो भने तेसो हुन नदिन सबै भक्तपुर बासीहरु  एक जुट हुन् आवस्यक छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै
बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन
वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो
रुसले राख्याे युक्रेनको आणविक प्लान्टमा माइन, राष्ट्रसंघले भन्यो, ‘कानून तोड्ने काम भयो