१६०० किमी सडक कालोपत्रे
सारांश
- काठमाडौं १४ जेठ ।
- बैशाख २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा १६०० किमी सडक कालोपत्रे भएको उल्लेख गरिन् ।
- सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले वाचन गरेको आँकडाले सार्वजनिक चासोको रूप लियो ।
काठमाडौं १४ जेठ । बैशाख २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा १६०० किमी सडक कालोपत्रे भएको उल्लेख गरिन् ।सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले वाचन गरेको आँकडाले सार्वजनिक चासोको रूप लियो । सरकारले राष्ट्रपतिमार्फत् नीति तथा कार्यक्रम पेश गर्नुअघि चैत १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको प्रगति सुनाउँदै यसै आर्थिक वर्षमा ८०० किमी सडक कालोपत्रे भएको उल्लेख गरेका थिए ।धानमन्त्रीले संसद्मा सम्बोधन गरेको ४० दिनपछि नीति तथा कार्यक्रममा कालोपत्रे सडक दोब्बर भएर १६०० किलोमिटर देखाइँदा प्रधानमन्त्री र राष्ट्रपतिले प्रस्तुत गरेको कालोपत्रे सडकको आँकडामा दोब्बर फरक थियो ।
सरकारको काम गर्ने शैलीले महिना दिनमै ८०० किमी सडक कालोपत्रे भएको पत्याउने आधार थिएन । आइतबार संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा भने ३९५ किमी मात्र सडक कालोपत्रे भएको उल्लेख छ ।प्रधानमन्त्रीले संसद्मा चैत १० मा सम्बोधन गरेका थिए, यो अवधिमा उनले पक्कै फागुनसम्मको तथ्यांक लिएर संसद्मा बोलेको हुनुपर्छ । आर्थिक सर्वेक्षण पनि साउनदेखि चैतसम्मको तथ्यांक लिएर तयार गरिएको हो ।
तर आर्थिक सर्वेक्षणमा भन्दा प्रधानमन्त्रीको सम्बोधनमा दोब्बर र प्रधानमन्त्रीले दिएको भन्दा राष्ट्रपतिमार्फत् प्रस्तुत आँकडा दोब्बर राखिएको थियो । तर आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको ८ महिना ९साउन–चैत०मा कुल कालोपत्रे, ग्राभेल ९खण्डस्मित० र कच्ची गरी कुल १,३०५ किमी सडक निर्माण भएको र त्यसमा कालोपत्रेबाहेक ६५० किमी ग्राभेल र २६० किमी कच्ची सडक निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रतिक्रिया