नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चलचित्र निर्माता संघमा आकाश
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चलचित्र निर्माता संघका अध्यक्ष एवं निर्माता तथा निर्देशक आकाश अधिकारी विजयी भएका छन् ।
- आकाश ५६ भोट प्राप्त गर्दै विजयी भएका हुन् ।
- कुल ९९ जना मतदातामध्ये ६ भोट बदर भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चलचित्र निर्माता संघका अध्यक्ष एवं निर्माता तथा निर्देशक आकाश अधिकारी विजयी भएका छन् । आकाश ५६ भोट प्राप्त गर्दै विजयी भएका हुन् ।
कुल ९९ जना मतदातामध्ये ६ भोट बदर भएको थियो । आकाश बस्तुगततर्फ केन्दि्रय सदस्यमा विजयी भएका हुन् । १४ जनाका लागि भएको प्रतिस्पर्धामा २७ जनाले उम्मेदवारी दिएका थिए ।
आकाशले उद्योग वाणिज्य महासंघको बस्तुगततर्फ आफू विजयी भएको खण्डमा चलचित्र क्षेत्रलाई उद्योगमा परिणत गर्न पहल गर्ने, बक्स अफिसका लागि कदम अगाडि चाल्ने बताएका थिए । उनले आफूले चुनाव अगाडि गरेको प्रतिवद्धता पुरा गर्ने बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया