सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग गरिएको सहमतिमा जनमत संग्रहबारे उल्लेख नगरिएको दाबी गरेका छन्।
- प्रधानमन्त्री ओलीले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र जनताको सार्वभौमसत्तामाथि जनमत संग्रह हुनै नसक्ने बताए।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग गरिएको सहमतिमा जनमत संग्रहबारे उल्लेख नगरिएको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र जनताको सार्वभौमसत्तामाथि जनमत संग्रह हुनै नसक्ने बताए। प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा जनताले चाहेमात्रै जनमत संग्रह हुन सक्ने पनि उल्लेख गरे।
सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सुरक्षा परिषदको १८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डताको विषयलाई प्रश्न उठाउने अधिकार कसैलाई नभएको जिकिर गरे। उनले राष्ट्रिय एकता र लोकतन्त्रको पक्षमा जनताले चाहेमात्रै जनमत संग्रह हुन सक्ने पनि उल्लेख गरे।
यस्तै सिके राउत समूहले मुलुकको भौगोलिक अखण्डताको सम्मान गर्दै मूल धारको राजनीतिमा आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकको सुरक्षाका दृष्टिले त्यो सहमति अत्यन्तै महत्वपूर्ण उपलब्धि भएको पनि बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया