५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
५ पटककाे विजेता समूह चरणबाटै बाहिर, अफगानिस्तान र बंगलादेश सेमिफाइनलमा !

सारांश

  • काठमाडौं, २ असोज ।
  • बंगलादेश र अफगानिस्तान एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
  • भने ५ पटककाे विजेता श्रीलंका समूह चरणबाटै बाहिरिएकाे छ ।

काठमाडौं, २ असोज । बंगलादेश र अफगानिस्तान एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । भने ५ पटककाे विजेता श्रीलंका समूह चरणबाटै बाहिरिएकाे छ । युएईको अबुधाबीस्थित शिख जायद रंगशालामा सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानसँग ९१ रनले पराजित भएपछि श्रीलंका एसिया कपबाट बाहिरिएको हो । २५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१.२ ओभरमा सबै विकेटको क्षतिमा १५८ रन बनाएसँगै अफगानिस्तानले ९१ रनले विजयी भएको हो । विना रन पहिलो विकेट गुमाएको श्रीलंकाले कुनै जादु देखाउन सकेन ।

श्रीलंकाका लागि उपुल थरांगाले ३६, थिसरा परेराले २८, धनन्जय डे शिल्भाले २३ र कप्तान एन्जेलो मथेवसले २२ रन बनाउन बाहेक अन्य खेलाडी पनि सस्तैमा समेटिए । श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा राशिद खान, मुजिब उर रहमान, गुल्बादिन नाइब र मोहम्मद नाबीले समान २-२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४९ रन बनाएको थियो । अफगानिस्तानको लागि रहमत शाहले उत्कृष्ट इनिङ्स खेले । उनले ७२ रन बनाएका थिए । त्यस्तै, इन्सानुल्लाहले ४५, हस्मातुल्लाह शाहिदीले ३७ र मोहम्मद शाहजादले ३४ रनको योगदान दिए ।

बलिङतर्फ श्रीलंकाका थिसरा परेराले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका परेराले ९ ओभर बलिङ गर्दै ५५ रन खर्चेर ५ विकेट लिएका थिए । पराजित श्रीलंका समूह चरणको दुबै खेलमा हार ब्यहोर्दै एसिया कपबाट बाहिरिएको हो । यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग १३७ रनले पराजित भएको थियो । समूह बी को अन्तिममा बंगलादेश र अफगानिस्तानबीचको खेल बिहिबार  हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
करार कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मुख्यमन्त्रीको निर्देशन
श्रीमतीलाई आगो लगाउने खटिक पक्राउ
श्रीमतीलाई आगो लगाउने खटिक पक्राउ
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
मोर्डन पेन्टाथलन फेडेरेसनको दोस्रो साधारणसभा सप्पन्न
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
फिल्ममा डेव्यु गर्दै तेरिया मगर, पारिश्रमिक कति?
फिल्ममा डेव्यु गर्दै तेरिया मगर, पारिश्रमिक कति?
नेकपा बैठकः को को आए
नेकपा बैठकः को को आए
कोरोना संक्रमणबाट थप तीनको मृत्यु, नेपालमा कुल मृतक संख्या १०७
सन्दिप लामिछाने विरुद्ध जारी भयो ‘डिफ्युजन नोटिस’ काहाँ छन सन्दिप
सन्दिप लामिछाने विरुद्ध जारी भयो ‘डिफ्युजन नोटिस’ काहाँ छन सन्दिप
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?

तपाईंले छुटाउनुभयो कि?