‘लभ लभ लभ’ को बुधवार साझ प्रिमिएर सो गरियो
सारांश
- यही बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ को बुधबार साँझ प्रिमिएर शो गरिएको छ ।
- काठमाण्डौको एउटा सिनेमा हलमा गरिएको फिल्मको शोमा उपस्थित अधिकांशले फिल्म अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।
- फिल्म हेरेर निस्किएका अधिकांशले सरल कथामा मन छुने उत्कृष्ठ फिल्म हो लभ लभ लभ भनेका छन्।
यही बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ को बुधबार साँझ प्रिमिएर शो गरिएको छ ।
काठमाण्डौको एउटा सिनेमा हलमा गरिएको फिल्मको शोमा उपस्थित अधिकांशले फिल्म अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेर निस्किएका अधिकांशले सरल कथामा मन छुने उत्कृष्ठ फिल्म हो लभ लभ लभ भनेका छन्।

नायिका स्वतिस्मा खड्का र नव कलाकार सुरज पाण्डेको लभ स्टोरी हेरेपछि प्रेस शोमा धेरै जना आँसु पुछ्दै बाहिरिएका थिए । सञ्चारकर्मीले निर्देशक खनाल, स्वस्तिमा र सुरजलाई मन छुने फिल्म बनाएको बधाई तथा सफलताको शुभकामना दिए ।
सर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा स्वस्तिमा र सुरज सहित रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, लक्ष्मी भूषाल, ए गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । निरज कंडेलको सिनेम्याटोग्राफी, सूर्य थोकरको द्धन्द्ध निर्देशन र सुरेश राईको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।
प्रतिक्रिया