‘लभ लभ लभ’ को बुधवार साझ प्रिमिएर सो गरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३१, २०७३
|
|
५२३ पटक हेरिएको
Shares
‘लभ लभ लभ’ को बुधवार साझ प्रिमिएर सो गरियो

सारांश

  • यही बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ को बुधबार साँझ प्रिमिएर शो गरिएको छ ।
  • काठमाण्डौको एउटा  सिनेमा हलमा गरिएको फिल्मको शोमा उपस्थित अधिकांशले फिल्म अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।
  • फिल्म हेरेर निस्किएका अधिकांशले सरल कथामा मन छुने उत्कृष्ठ फिल्म हो लभ लभ लभ भनेका छन्।

यही बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ को बुधबार साँझ प्रिमिएर शो गरिएको छ ।

काठमाण्डौको एउटा  सिनेमा हलमा गरिएको फिल्मको शोमा उपस्थित अधिकांशले फिल्म अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेर निस्किएका अधिकांशले सरल कथामा मन छुने उत्कृष्ठ फिल्म हो लभ लभ लभ भनेका छन्।

नायिका स्वतिस्मा खड्का र नव कलाकार सुरज पाण्डेको लभ स्टोरी हेरेपछि प्रेस शोमा धेरै जना आँसु पुछ्दै बाहिरिएका थिए । सञ्चारकर्मीले निर्देशक खनाल, स्वस्तिमा र सुरजलाई मन छुने फिल्म बनाएको बधाई तथा सफलताको शुभकामना दिए ।

सर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा स्वस्तिमा र सुरज सहित रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, लक्ष्मी भूषाल, ए गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । निरज कंडेलको सिनेम्याटोग्राफी, सूर्य थोकरको द्धन्द्ध निर्देशन र सुरेश राईको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?