रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
रक गायिकाको अश्लिल प्रस्तुतिले हंगामा, लौरो लिएर घोच्न दर्शक चढे स्टेज (तस्विर)

सारांश

  • आफुलाई रक गायिका भनेर चिनाउँदै आएकी सरस्वती लामाको हरेक प्रस्तुति प्राय चर्चामा आउने गर्छन् ।
  • गायकी कम तर अश्लिल हर्कत बढि हुने उनको कार्यक्रम हेर्नेहरुले लाउने आरोप हो ।
  • हुन पनि सरस्वतीका हरेक सांगीतिक गतिविधि यस्तै हुने गरेका हुन्छन् ।

आफुलाई रक गायिका भनेर चिनाउँदै आएकी सरस्वती लामाको हरेक प्रस्तुति प्राय चर्चामा आउने गर्छन् । गायकी कम तर अश्लिल हर्कत बढि हुने उनको कार्यक्रम हेर्नेहरुले लाउने आरोप हो । हुन पनि सरस्वतीका हरेक सांगीतिक गतिविधि यस्तै हुने गरेका हुन्छन् । उनले सामाजिक सन्जालमा राखेका भिडियो तथा फोटो हेरेरै अनुमान लाउन सकिन्छ, उनको प्रस्तुति कस्तो हुन्छ भनेर ।पछिल्लो पटक उनले दाङमा गरेको सांगीतिक कार्यक्रमले पनि सर्वत्र आलोचना पायो । हेर्दै निकै अश्लिल लाग्ने पहिरनमा सजिएकी लामाले गीत गाउने क्रममा गरेको शारिरिक हाउभाउ र अंग प्रदर्शन पनि हेर्नै नसकिने किशिमको भएको भन्दै दर्शकले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । उनलाई फेसबुकमा गरिएका आलोचना निकै तल्लोस्तरको छ । जुन आम मानिसका लागि सामान्य लाग्दैन ।

‘उडि जाने हावाले’ गीतमार्फत गायक क्षेत्रमा छिरेकी सोलुखुम्बुकी सरस्वती लामालाई अन्तरवार्ता दिदा पनि यस्तै अश्लिल हर्कत गर्ने गरेको आरोप लाग्छ । उनले गर्ने कार्यक्रमहरुमा प्राय दर्शकको गुनासो हुने गर्छ ‘यस्तो स्वर भएकाले पनि किन गाउने रहर गरेको होला !’

सोमबार दाङमा उनले गरेको अंग प्रदर्शन र प्रस्तुति सारै भद्दा भएको भन्दै दर्शकले आलोचना गरे । कति दर्शक त उत्तेजित हुँदै उनलाई समाउन र लौरोले घोच्न पनि पछि परेनन् । कार्यक्रममा सहभागि भएका घोराहीका सन्तोष गैरेले यस्ता अश्लिल हर्कत र अंग प्रदर्शन गर्दै विकृति फैलाउने कलाकारलाई सामाजिक रुपमै बहिस्कार गर्नु पर्ने शिखरन्यूजलाई बताए । प्रहरी प्रशासनले पनि यस्ता कलाकारलाई कार्यक्रम गर्न रोक लगाउनु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४४१ जना सांसदको स्वाव संकलन
४४१ जना सांसदको स्वाव संकलन
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो  “मेरो ठुम्कामा”
युट्युबमा हिट हुदै शर्मिला बर्देवाको नया भिडियो “मेरो ठुम्कामा”
मधेसी जनताको अधिकारकालागि संविधान संशोधन गर्न पहल गरिरहेको छु : प्रचण्ड
मधेसी जनताको अधिकारकालागि संविधान संशोधन गर्न पहल गरिरहेको छु : प्रचण्ड
टिपरको ठक्करले नाबालकको मृत्यु
टिपरको ठक्करले नाबालकको मृत्यु
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
What Do You Need Real -mail Order Brides to be To Develop into?
नयाँ बाटोमा रावलको राजनीतिक यात्रा
नयाँ बाटोमा रावलको राजनीतिक यात्रा
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै

तपाईंले छुटाउनुभयो कि?