फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
२२ पटक हेरिएको
Shares
फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

सारांश

  • काठमाडौं ।
  • नेपाल उड्डयन प्राधिकरणले भ्रामक सूचना फैलाएको आरोपमा फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।
  • सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं । नेपाल उड्डयन प्राधिकरणले भ्रामक सूचना फैलाएको आरोपमा फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का गरेको छ ।

सोमबार राति काठमाडौंबाट दुबईका लागि १६८ यात्रु लिएर उडेको फ्लाईदुबईको विमानको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रामक सूचना फैलाएको आरोपमा उनीहरुको पास तत्कालका लागि रोक्का गरिएको प्राधिकरणले जनाएको छ ।

पास रोक्का गरिएसँगै उनीहरुलाई अब विमानस्थल प्रवेश गर्न पाउने छैनन् । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो ।

सोमबार राति नै फ्लाईदुबईले पनि ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ । तर, प्राधिकरणले चरा ठोक्किएको दाबीलाई अस्वीकार गरेको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?