आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री

सारांश

  • काठमाडौँ, १३ मंसिर , रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ ।
  • चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भन्नुभयो, ‘‘सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा हो, त्यसका लागि म प्रतिबद्ध छु ।
  • ’’ उहाँले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

काठमाडौँ, १३ मंसिर , रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ ।

चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भन्नुभयो, ‘‘सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा हो, त्यसका लागि म प्रतिबद्ध छु ।’’

उहाँले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

नेता प्रधानले विसं २०७० को संविधानसभा निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवार योगेश भट्टराईलाई परााजित गर्नुभएको थियो । यस पटक यर्हाँ वाम गठबन्धनका तर्फबाट भक्कु सुवेदी प्रतिस्पर्धामा हुनुहुन्छ छ । क्षेत्र नं ६ मा करिब ५८ हजार मतदाता छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Keshab Bahadur Chand

    पहिला अाफ्नै पार्टीको अध्यक्षलाई राेकेर देखाउ

    Comment Author

    Bishnu Sitaula

    तपाईं को अध्यक्ष लाई सोध्नुस त कोङ्रेस्स भित्र भ्रस्ताचार छ कि छैन ….????

    Comment Author

    Bhola Neupane

    Sabaile asai bhannu parxa natra kursi paidaina

    Comment Author

    Rishi Subedi

    Kahile bata ki chunab bhari matra

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?