कालिकोटमा एकै टोलका तीन शिशुको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
कालिकोटमा एकै टोलका तीन शिशुको मृत्यु

सारांश

  • कालिकोट, माघ ६ ।
  •   कालिकोटमा भाइरल ज्वरोसहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ।
  • भाइरल ज्वरोसहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं.

कालिकोट, माघ ६ ।  कालिकोटमा भाइरल ज्वरोसहितको निमोनियाका कारण एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ। भाइरल ज्वरोसहित निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे विककी १ महिना नातिनी रश्मी विक, दत्त विकका ९ महिनाको छोरा लक्ष्मण विक, गोवि विकको १६ दिनको छोराको मृत्यु भएको हो।

अत्यधिक जाडोका कारणले झण्डै दुई साता अगाडिदेखी कालिकोट जिल्लाका विभिन्न वस्तीहरुमा देखिएको भाइरल ज्वरोले बालबच्चाहरुमा कडा खालको निमोनिया देखिएको, भाइरल ज्वरोको कारण शिशुहरुको मृत्य भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताए।

जाडो महिनामा बच्चाहरुलाई चिसोले छिटो छुने भएकाले बच्चाहरुमा कडा खालको निमोनिया देखिएको उनले बताए। मृत्यु भएका शिशुको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा र जिल्ला अस्पताल कालीकोटमा उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएका छन्।

९ महिने बालक लक्ष्मणको जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दागर्दै मंगलबार राति मृत्य भएको हो भने गोवि विकको १६ दिनको छोरालाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो। दुईसाता अगाडिदेखी कालिकोट जिल्लामा देखिएको मौषमी रुघाखोकी तथा भाइरल ज्वरोले महामारीको रुप लिन थालको छ। जिल्ला सदरमुकाम नजिकैको वस्तीमा तीन जना शिशुको मृत्यु भएको र खाँडाचक्र नगरपालिका वडा नं. २ र ४ मा मात्र पाँच सय जना भन्दा बढी नागरिक बिरामी परेको निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए।

उनका अनुसार शनिबार नै जिल्ला अस्पताल प्रमुख लगायतका सरोकारवाला जिल्ला प्रशासनमा बैठक बसी जिल्लाको जनशक्तिले नियन्त्रण गर्न नसक्ने भएर क्षेत्रीय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालयमा समेत औषधि तथा जनशक्तिको लागि माग गरिने भएको छ।

जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले शनिबार नै खाँडाचक्र नगरपालिकाको वडा नं. २ र ४ मा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बताउदै त्यहाँको वास्तविक बिरामीको संख्या र अवस्थाबारे बेलुका जानकारी गर्न सकिने बताए। उनले अहिले जिल्लामा रहेको औषधि र जनशक्तिलाई परिचालन भएको जानकारी दिए। शनिबार नै नागरिक समाज कालिकोटले जिल्लाका विभिन्न समुदायमा भाइरल ज्वरोको प्रकोपले माहामारी रुप लिएर तीन जना शिशुहरुको ज्यानै गइसक्दा पनि भाइरल नियन्त्रणका लागि जिल्लाका सरोकारवालाहरुको ध्यनाकर्षण गराएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?