नेपाल आएर खुशी लागेको छ : टेड्रोस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ८, २०७९
|
|
३८ पटक हेरिएको
Shares
नेपाल आएर खुशी लागेको छ : टेड्रोस

सारांश

  •   विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.
  • टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ ।
  • आज बिहीवार काठमाण्डाै आइपुग्नु भएका डा.

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ ।

आज बिहीवार काठमाण्डाै आइपुग्नु भएका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेट्नुभएको हो । भेटवार्ताका क्रममा नेपालमा विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।

भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आउँदा दिनमा अझ प्रगाढ रहने कुरामा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुसी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल आएर खुसी लागेको छ । हाम्रो सहयोग जनस्वास्थ्यका क्षेत्रमा रहिरहनेछ । हामीले सकेको सहयोग नेपाललाई गर्नेछौँ ।’

भेटवार्ताको क्रममा डा. गेब्रेयससले कोभिड–१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व ‘तीज’ : प्रधानमन्त्री ओली
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
विजया दशमीको घटस्थापनादेखि पुर्णिमासम्मको साइत ,यस्तो छ/
विजया दशमीको घटस्थापनादेखि पुर्णिमासम्मको साइत ,यस्तो छ/
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
कान्तिपुरमा  सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
कान्तिपुरमा सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
कर्णाली राजमार्गको गगने खोलामा फेरि पहिरो: लेदो खसेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प
आज १ सय ४१ संक्रमित थप
आज १ सय ४१ संक्रमित थप
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा
गैरनाफामूलक संस्थाको रुपमा दर्ता भई सिण्डिकेटबाट नाफा कमाउने अधिकार छैन : गृहमन्त्री थापा