उत्तर कोरियाले अमेरिकामा आक्रमण गर्ने सीआईएको खुलासा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२० पटक हेरिएको
Shares
उत्तर कोरियाले अमेरिकामा आक्रमण गर्ने सीआईएको खुलासा

सारांश

  • एजेन्सी, माघ ९ ।
  • उत्तर कोरियाले अबको केही महिनामा अमेरिकामा आणविक आक्रमण गर्न सक्ने खुलासा अमेरिकी जाँच एजेन्सीले नै गरेको छ ।
  • यो कुरा अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का प्रमुख माइक पोम्पियोले बताएका हुन् ।

एजेन्सी, माघ ९ । उत्तर कोरियाले अबको केही महिनामा अमेरिकामा आणविक आक्रमण गर्न सक्ने खुलासा अमेरिकी जाँच एजेन्सीले नै गरेको छ ।

यो कुरा अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का प्रमुख माइक पोम्पियोले बताएका हुन् । एक टीभी च्यानल सीबीएसलाई अन्तर्वार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

उनले उत्तर कोरिया अमेरिकामाथि आणविक आक्रमण गर्न तयारी अवस्थामा रहेको बताउँदै अमेरिकी सरकार र विश्व समुदायलाई चेतावनी दिएका हुन् । अघिल्लो साल उत्तर कोरियाले तीन वटा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो ।

उत्तर कोरियाले सन् २०१७ मा छैटौँ आणविक हतियारको पनि परीक्षण गरेको थियो । सीआईए निर्देशक पोम्पियोले अमेरिकामाथि आक्रमण गर्न उत्तर कोरियाले तयारी थालेको सूचना आफूहरुकहाँ आइसकेको खुलासा पनि गरेका छन् ।

सीआईए निर्देशक पोम्पियोले अमेरिकी सरकार र नीति निर्माताहरुलाई चेतावनी दिँदै उत्तर कोरियाले निरन्तर गरेको आणविक परीक्षणले अमेरिकाका लागि जोखिम बढाएको बताए । उनले उत्तर कोरियाको आणविक हतियार दिनदिनै शक्तिशाली हुँदै गएको पनि उनले उल्लेख गरेका छन् ।

सीआईए निर्देशकले छ महिनाअघि पनि किम जोङ्ग उनमाथि कारवाही गर्ने कुरालाई लिएर यस्तै चेतावनी दिएका थिए । उनले अमेरिका अहिले यस्तै कुनै पनि आक्रमण रोक्ने र उत्तर कोरियाको आणविक कार्यक्रमलाई घटाउने काममा सक्रिय रहेको पनि बताएका छन्।

अघिल्ला छ महिनादेखि उत्तर कोरिया र अमेरिकाबीच तनाव चरम चुलीमा छ । दुवै देशले एक अर्कालाई समाप्त पार्ने धम्की दिँदै आएका छन् । यो अवस्थामा कुनै पनि बेला युद्ध सुरु हुने अनुमान पनि गर्न थालिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?