पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी

सारांश

  • काठमाडौं, २३ भदौ ।
  • राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजा हुँदासम्म नेताहरु नारायणहिटी धाउने गरेको र अहिले राजा हटेपछि दिल्ली धाउन थालेको बताएका छन् ।
  • “राष्ट्रियता यतिबेला यति कमजोर भएको छ कि कुरै गरी साध्य छैन”, राष्ट्रिय जनमोर्चा काठमाडौंको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले भने, “पहिले राजा हुँदा नेताहरु फुत्त फुत्त नारायणहिटी पुग्थे ।

काठमाडौं, २३ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजा हुँदासम्म नेताहरु नारायणहिटी धाउने गरेको र अहिले राजा हटेपछि दिल्ली धाउन थालेको बताएका छन् ।

“राष्ट्रियता यतिबेला यति कमजोर भएको छ कि कुरै गरी साध्य छैन”, राष्ट्रिय जनमोर्चा काठमाडौंको पाँचौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले भने, “पहिले राजा हुँदा नेताहरु फुत्त फुत्त नारायणहिटी पुग्थे । राजा पनि नेता र पार्टीहरुको विवादमा खेल्थे, एउटालाई फाल्थे र अर्कोलाई उचाल्थे । अहिले राजा त भागे । अब राजनीतिक दलका नेताहरु फुत्त फुत्त दिल्ली धाउन थालेका छन् । दिल्ली त अहिले नेताहरुको पानीपँधेरा भएको छ ।” नागरिकता विधेयक ल्याएर अंगीकृत नागरिक पनि मुलुकको सर्वोच्च ओहदामा पुग्न पाउने प्रावधान राखिन थालिएको र प्रदेशहरुलाई तराई र पहाड अलग गरेर राष्ट्रियता कमजोर बनाइएको अध्यक्ष केसीको आरोप थियो

नेता केसीले चौतर्फी कर र करको दायरा आकाशै छुनेगरी बढाइएको बताउँदै प्रश्न गरे, “कर नढाएर त सुखै छैन नि ! पहिले एउटा नेपालको भार थेगिरहेका जनतालाई ८ वटा नेपालको भार थेग्नु परेन ?” जनताले कर तिरेवापत सेवासुविधा पाउनुपर्ने तर त्यसो नगरी ७ वटा प्रदेश सरकार र एउटा केन्द्रीय सरकार गरी ८ वटा नेपाल, ८ वटा सरकार, त्यसका मन्त्रीहरु, सांसदहरु पाल्नका लागि र सेवासुविधाका लागि पनि सरकार कर बढाउन वाध्य भएको बताए । आफ्नो पार्टी संघीय प्रणालीको विरोधी नभएको तर नेपालको सन्दर्भमा रत्तिभर उपयुक्त नभएकाले स्थानीय तहलाई अहिलेभन्दा बढी अधिकारसम्पन्न बनाई बीचको प्रदेशहरु खारेज हुनुपर्ने र एकात्मक शासन प्रणाली नै सही हुने बताए । “हाम्रो अर्थतन्त्रले ८ वटा नेपाल धान्नै सक्दैन । ढिलोचाँडो एकात्मक शासन प्रणालीमा नफर्की सुखै छैन । कि त यो देशकै भविष्य रहने छैन ।”

नेता केसीले वामपन्थी नेतृत्वको दुईतिहाईको शक्तिशाली र स्थायी सरकारबाट आफ्नो पार्टीले पनि केही गर्छ कि भन्ने आशा गरेको र त्यहीअनुरुप चुनावमा तालमेल गर्नुका साथै सरकारलाई पनि समर्थन गरेको स्पष्ट पारे । “हाम्रो पार्टीले अझै मया मारेको त छैन तर छाँटकाँट खासै देखिएको छैन”, अध्यक्ष केसीले भने, “तस्कर, भ्रष्टाचारी, ठूला व्यापारीहरुले नेता खेलाउँछन् अनि कसरी हुन्छ भ्रष्टाचारको अन्त्य ?”

दुई दिनसम्म चल्ने राष्ट्रिय जनमोर्चा काठमाडौंको पाँचौं जिल्ला सम्मेलन उद्घाटन समारोहमा विभिन्न भाइचारा संगठनका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । त्यस अवसरमा रक्तिम साँस्कृतिक अभियानका कलाकर्मीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सम्मेलनमा काठमाडौं जिल्लाका महानगरपालिका, नगरपालिकास्तरका समितिहरुको सम्मेलन र भेलाद्वारा चुनिएका जिल्लाभरिका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
कम्युनिष्ट पार्टीले सुरु गर्यो भ्रष्टचारीमाथि भौतिक कार्वाहि , पहिलो निसानामा परे रौतहटका मानध्वज थिङ
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो
सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो
कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
कुन प्रदेशमा कहिले चयन हुँदैछन् सभामुख
पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली
पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित
टर्कीए भूकम्पबाट पाँच सय आणविक बमको शक्ति निष्काशित
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;
आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com