कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
३९ पटक हेरिएको
Shares
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !

सारांश

  • सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले प्रहरीमा उजुरी दिन  इन्कार गरेकी छन् ।
  • संघीय संसद् सचिवालयमा कार्यरत उनले आफूमाथि सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आइतबार प्रहरीमा मौखिक उजुरी दिएकी थिइन् ।
  • लिखित उजुरी दिन र स्वास्थ्य परीक्षण गराउन पटकपटक आग्रह गर्दा पनि उनले नमानेको प्रहरीले जनाएको छ ।

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले प्रहरीमा उजुरी दिन  इन्कार गरेकी छन् । संघीय संसद् सचिवालयमा कार्यरत उनले आफूमाथि सभामुख महराले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आइतबार प्रहरीमा मौखिक उजुरी दिएकी थिइन् । लिखित उजुरी दिन र स्वास्थ्य परीक्षण गराउन पटकपटक आग्रह गर्दा पनि उनले नमानेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार दिनभर ती महिलासँग लिखित ‘किटानी जाहेरी’ (उजुरी) र स्वास्थ्य परीक्षण गराउन भनेको थियो । पटकपटक बोलाउँदा पनि पीडित भनिएकी महिला र उनका श्रीमान् उजुरी दिन नआएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । ‘घटना छानबिनका लागि उजुरी दिनुहोस्, सत्यतथ्य बाहिर ल्याउँछौं भनेर दुर्व्यवहार भएको भनिएकी

महिला र उनका श्रीमान्लाई बोलाएका थियौं तर आउनुभएन,’ उनले भने, ‘आउँछौं भनेर पर्खाउनुभयो । पछि मोबाइल नम्बर नै अफ गरेर बस्नुभयो ।’ पीडितबाट उजुरी परेको अवस्थामा प्रहरीले तत्काल अनुसन्धान गर्ने गरी घटनास्थलबाट तथ्य र प्रमाण संकलन गरिएको उनले बताए । ती महिलाको तीनकुनेस्थित कोठाबाट

प्रहरीले फुटेको चस्मा, तन्ना, जुत्ताका लेसरतुना, अल्कोहलको बोतललगायत सामान लिएको छ । सभामुख महराको राजीनामापछि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटी, महानगरीय अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गा रेग्मीसहितको टोलीले

घटनास्थल पुगेर प्रमाण संकलन गरेको थियो । त्यसअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राईलगायतलाई घटनाको अनुसन्धानबारे ब्रिफिङ गरेका थिए । सभामुखमाथि आरोप लगाएर अनुसन्धानमा असहयोग गर्नुले घटना झनै शंकास्पद बनाएको अपराध अनुसन्धान विज्ञहरूले बताएका छन् । आजको कान्तीपुरमा खवर छ ।

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?