बि.सं.२०७४ साल माघ १० गते बुधवारको राशिफल
सारांश
- मेष राशिः मेष राशि हुनेहरुको लागि आज दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ ।
- मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ ।
- व्यापार एवं व्यवसाय तथा कर्मक्षेत्रमा उत्साह बढ्ने, शुभचिन्तकहरुबाट राम्रो सहयोग मिल्ने छ ।
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ । व्यापार एवं व्यवसाय तथा कर्मक्षेत्रमा उत्साह बढ्ने, शुभचिन्तकहरुबाट राम्रो सहयोग मिल्ने छ । जनव्यवहारमा ग्रहगोचरको प्रभाव सकारात्मक देखिएको हुनाले उपलब्धि पनि राम्रो हुनेछ । उमङ्ग उत्साह र काम कार्य सम्पादन गर्न सहज वातावरण बन्नेछ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज तपाईँलाई एक अंक, रातो रङ्ग शुभ रहनेछ भने भगवान लक्ष्मीनारायणको दर्शनभक्ति तथा सेवाश्रद्धा गर्नाले हित हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य कार्यलाई पनि बढीनै यत्न गरेरमात्रै सफलता पाउन सकिने खालको दिन रहेको छ । हतारमा र विना जरुरी फजुलका कार्यमा चेष्टा नगरेकै राम्रो हुनेछ । बुद्धिको भरपुर प्रयोग गरेर अनावश्यक रुपमा धनको क्षति हुने तथा पश्चातापमा पर्न सकिने सम्भावनालाई हटाउन कोसिस गर्नुपर्ला । तीर्थ गमन वा मान्यजनको दर्शनभेटको लागि यात्रा गर्नुले खर्चयोगको सदुपयोग हुनसक्ने छ । घरायसी आवश्यकताको सरसामानको किनमेल आदिको सम्भावना पनि देखिएको छ । आज तपाईको लागि तीन अंक र पहेंलो रंगको प्रयोग हितकर हुनेछ भने माँ सन्तोषीको श्रद्धाभक्ति विशेष हितकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर छ । रपनि विशेष आर्थिक प्राप्तिमा केही अबरोध देखिएको छ । अन्य कमाइतर्फ बुद्धि फिराउँदा हुने आम्दानी पनि फुत्कने र पछुतो पर्नसक्ने छ । कुधनको चेष्टाप्रति आत्मसंयमको जरुरी देखिन्छ । अपेक्षा तथा आश्वासन गरेको तर्फबाट हुने उपलब्धि नहुँदा अल्लि खल्लो महसूस हुनसक्ने छ । तथापि सामान्यतया दैनिक कामकार्य एवं पेशागत व्यवसायिक गतिविधि चालुनै रहनेछ । आज यहाँले दुई अङ्क, सेतो रङ्गको उपयोग र इन्द्रायणी देवी र भैरवदेवको भक्ति आराधना गर्नाले ग्रहको बाधक दोष कम भई केही उपलब्धि हुनसक्नेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुनसक्ने देखिएको छ । धेरै हौंसिन भने अल्लि नहुने समय छ । बढी हौंसिदा बन्नै पर्ने काम नबन्न पनि सक्नेछ । सामान्यतया मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट ठिकै लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्त्वसँग भेटघाट हुनसकिने र आडभरोसाजन्य आश्वासन मिल्नसक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आज तपाईँले भगवान श्री गणेशको सेवाआराधना गर्ने र विद्वान एवं मान्यजनबाट आर्शिवाद लिनु हितकर हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्त्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ । भगवान श्री लक्ष्मीनारायणको सेवा आराधना गर्नु हितप्रद हुनेछ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा असर गर्नसक्ने छ । दीर्घरोगीले बढी ख्याल पुर्याउन जरुरी देखिन्छ । कार्यक्षेत्रमासंघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनाले स्वास्थ्यकष्ट हुनबाट बच्न सकिएला । संघर्षको बाबजुतपनि केही अप्रत्यासित उपलब्धि पनि हुने सम्भावना छ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि उपयुक्त रहनेछ भने भगवान महाकालेश्वरको वा आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।
तुला राशिः
तुला राशिहुने हरुको लागि आजको दिन भौतिक सुखोन्नति हुने र सेवा सत्कार मिल्ने छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोगले पनि आजको दिन रमाइलो बनाउने छ । प्रेम पारखीहरुको लागि प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । देश तथा विदेशको यात्राको संयोग पर्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने भगवान श्रीहरिको भक्तिआराधना गर्नु फापसिद्ध हुनसक्ने छ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागिआजको दिन हुनलाई पराक्रम बढ्ने खालको रहेको छ तरपनि अनावश्यक उन्माद तथा घमण्डमा समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिन्छ । मुख्य एवम् महत्त्वपूर्ण काममा आउने अदृष्य रोकावट निवारणको लागि गुरुजनको आर्शिवाद लिनु तथा विद्वानजनको सेवा गरी खुशि बनाउनुले ग्रहबाधालाई न्यूनगर्न मद्दत हुनेछ । सामान्य दैनिकीको लागि गोचरको स्थिति ठिकै छ । समयको सदुपयोग गर्नसकेको खण्डमा शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यवसायमा सफलता र लाभ मिल्ने छ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन ज्ञानक्षमताको बल प्रस्तुतिको अवसर मिल्ने छ । विद्याको सदुपयोग गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । विद्यार्थीले आजको दिनको बढी फाइदा उठाउन सकिनेछ । प्रख्याति फैलिने खालको वैचारिक काम सम्पादन हुनसक्ने छ । कलाकौशलता बढ्ने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा पनि सफल भइने छ । अध्ययनाध्यापन एवं शिक्षणप्रवचन आदि बौद्धिकक्षेत्रका व्यक्तित्तवको लागि विशेष अनुकूलप्रद दिन रहनसक्ने छ । कर्मक्षेत्र तथा व्यवसायिक प्रगति हुनाले आर्थिक सङ्कलन हुनेछ । आज तपाईको लागि पाँच अंक, रातो रङ्गको प्रयोग शुभ हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नाले पूण्य मिल्ने छ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन ख्याल पुर्याउनपर्ने खालको छ । ख्यालख्यालमा कसैसँग विवाद हुनपनि सक्नेछ । काममा अबरोध आउनसक्ने र आरोप खेप्नुपर्ने हुनसक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हु“दैमा हिम्मत नहारेर बुद्धिले कामलिनु बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । चोटपटकको पनि भय छ । आँटसाहस र धैर्यता नगुमाई स्वकर्ममा लगनशील रहनाले अप्रत्यासित रुपमा लाभ र सफलता पनि मिल्ने देखिएको छ । आज यहाँको लागि आमाको सेवा सत्कार गरी आर्शिवाद लिनु शुभकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि ज्ञानोन्माद्पूर्ण हौंस्याहट बढ्न गरी हुनपर्ने जति कार्यसफलता नहुने र कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि गुरुवत् मान्यजनको मार्गदर्शन लिनु हितकर हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने योग परेकोले खजाना–धन दौलत जम्मा हुने र ढुकुटी बढ्ने देखिन्छ भने बोलीको सकारात्मक प्रभाव पर्नेछ । आज विषय वस्तु अर्थात कुरो बुझाउन सक्ने खुबीको विकास हुनाले धेरै मान्छेसँग डिलगर्न सकिने छ । बुद्धिमतापूर्वक समयको सदुपयोग गरेको खण्डमा मान्छेहरुबाट समर्थन लिन सकिने दिन रहेको छ । महत्तवपूर्ण काममा आफन्तहरूबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण कामकार्यमा थप उत्साह तथा उमङ्ग बढ्नेछ । आज तपाईँलाई दुई अङ्क, सेतो रङ्गको प्रयोग र नारायण भगवानको सेवा आराधना गर्नु सुखप्रद हुनेछ ।
प्रतिक्रिया