प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
सारांश
- उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृित ल्याउने बताउनुभएको छ ।
- नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
- काँग्रेसका नेता गच्छदारले देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनु मात्र हो भन्नुभयो ।
उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृित ल्याउने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने धारणा व्यक्त गर्नुभयो । काँग्रेसका नेता गच्छदारले देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनु मात्र हो भन्नुभयो ।
उहाँले सुनसरी, मोरङ र झापा जिल्ला मिलाएर एक अलग्गै प्रदेश निर्माण गर्ने विषय अहिले पनि जीवित छ भन्दै विराटनगर र इटहरी मिलाई बृहत् महानगर निर्माण गरी प्रदेशको राजधानी तोकिनुपर्ने औँल्याउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले नयाँ संविधानले नागरिकतासम्बन्धी समस्या धेरै हदसम्म समाधान गरेको छ भन्दै केही बाँकी रहेको समस्या अव बन्ने नयाँ सरकारले ऐनद्वारा समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्न सरकार कटिबद्ध रहेको बताउँदै केही दिन अगाडि उम्मेदवारमाथि आक्रमणको प्रयास हुनु केही छिटफुट घटना मात्र हो भन्नुभयो ।
उहाँले भूकम्पीडितलाई जस्तै घरवारविहीन बाढीपीडितलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार साधारण घरबार निर्माण गर्न सरकारले केही रकम किस्तामा वितरण गरेको जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेस एकीकरण गरिएको बताउँदै यसमा तत्कालीन फोरमका सबै कार्यकर्ताको सहमति रहेको छ भन्नुभयो ।
जे.पि. शर्मा कडरिया
जति भूकेपनि कोहि सून्नेवाला छैनन्।
Shankar Sharma
लुट्न पाईये को छ।
Ram Karki
अहिले सम्म तपाईहरू जस्ता बुद्धिजीवी गोरूहरूले फोहोरी खेल खेलेर देशलाई भारतमय बनाउनु भयो कुर्षीको लागि अब सिधै जन्ताले चुन्दा खेरी ठाउँ पाईदैन भनेर चि चि गरेर रूदै हिन्न थाल्नु भयो हैन अ तपाईं जस्ता फटालाई पाखा लगाउन र देशमा भारतको दादा गिरीलाई समाप्त पार्नका लागि पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र प्रधान मन्त्रि अहिलेको अावश्यक्ता हो ।यसमा लफडा नगरे हुन्छ ।