सभामुखमा अग्नि सापकाेटा पक्का!

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सभामुखमा अग्नि सापकाेटा पक्का!

सारांश

  • काठमाडौं ।
  • नेकपामा अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने सहमति भएको चर्चा भएको छ।
  • आइतबार बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटाको नाममा सहमति भएको स्रोतको दावी छ।

काठमाडौं । नेकपामा अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने सहमति भएको चर्चा भएको छ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटाको नाममा सहमति भएको स्रोतको दावी छ। यद्यपी यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

स्रोतले  भन्यो ‘सापकोटाको नाममा सहमति भएको निश्चित हो, ४ बजे सचिवालय बैठक बसेर नाम सार्वजनिक हुन्छ।’ तर, स्रोतको यस्तो दावीको स्वतन्त्र पुष्टि भने भएको छैन।

आइतबार बिहान बालुवाटारमा दुई अध्यक्षबीच सभामुख उम्मेदवार चयन गर्ने विषयमा छलफल भएको थियो। छलफलपछि आइतबारै ४ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा सचिवालय सदस्यहरुले पुष्टि गरेका छन्। तर, दुई अध्यक्षबीच भएको भनिएको सहमतिबारे भने केही खुलाइएको छैन।

सभामुखमा सापकोटा, उपसभामुख शिवमाया तुम्बाहाम्फे, सुवास नेम्वाङलगायतका नेताहरुको चर्चा छ।

पार्टीले उम्मेदवार तयार नगरेको भन्दै उपसभामुख तुम्बाहाम्फेले पार्टीको निर्देशन अनुसार उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी थिइन्।

सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ। सोमबारदेखि नै सभामुख चयन प्रक्रिया शुरु हुने भएकाले नेकपाले आइतबारै सभामुखको उम्मेदवार टुंगो लगाउने छ। त्यसपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेछिन्।

सभामुख र उपसभामुख फरक फकर दलहरुको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले सभामुख लिन वर्तमान सभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने अखवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?