स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२० पटक हेरिएको
Shares
स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाएनन्

सारांश

  • चितवन, ११ माघ, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
  • निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् ।
  • स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् ।

चितवन, ११ माघ, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् । स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकामा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा इच्छाकामना गाउँपालिकाका २२, कालिका नगरपालिकाका ८१, खैरहनी नगरपालिकाका १५२, भरतपुर महानगरपालिकाका २८१, माडी नगरपालिकाका १४३, रत्ननगर नगरपालिकाका १४९ र राप्ती नगरपालिकाका १०२ जना रहेका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिँदासमेत स्थानीय निर्वाचनको खर्च विवरण कार्यालयमा नबुझाइएको ढकालले बताउनुभयो ।

यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी उम्मेदवार मध्ये २४ जनाले खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश सभातर्फ १२ जनाले खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । खर्च विवरण नबुझाउनेमा बढी संख्यामा स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिनिधिसभामा स्वतन्त्रतर्फका सात उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् भने अन्य साना राजनीतिक दलका उम्मेदवार रहेका छन् । यस्तै, प्रदेशसभामा पनि स्वतन्त्र र साना दलका उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण नबुझाएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारलाई तत्काल खर्च विवरण बुझाउनका लागि कार्यालयले आग्रह गरेको ढकालले बताउनुभयो ।

खर्च विवरण नबुझाउने उम्मेदवारको कालोसूची प्रकाशित गर्ने ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन्
एकीकरणबारे राप्रपामा छलफल
एकीकरणबारे राप्रपामा छलफल
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल पक्राउ
भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल पक्राउ
सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
सिडियोलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रृका प्रसाद यादवको कति छ सम्पति ?
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
प्रभु बैंकले साउन १९ गतेदेखि १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने
विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
मान्छे नडुब्ने मृतसागर अरब विकासको कसरी बन्यो माध्यम
मान्छे नडुब्ने मृतसागर अरब विकासको कसरी बन्यो माध्यम

तपाईंले छुटाउनुभयो कि?