रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
४७ पटक हेरिएको
Shares
रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !

सारांश

  • नयाँ दिल्ली ।
  • भारतका केही स्थानमा महिलाहरु आतंकित छन् ।
  • बेहोस बनाएर रहस्यमय शक्तिले महिलाको कपाल काटिदिने गरेको घटना एकपछि अर्को थपिदैं गएपछि आतंक मच्चिएको हो ।

नयाँ दिल्ली । भारतका केही स्थानमा महिलाहरु आतंकित छन् । बेहोस बनाएर रहस्यमय शक्तिले महिलाको कपाल काटिदिने गरेको घटना एकपछि अर्को थपिदैं गएपछि आतंक मच्चिएको हो ।

हरियाणा र राजस्थानका ५० भन्दा बढी महिलाको कपाल त्यसरी काटिएको हो । पीडित महिलाका अनुसार कसैले उनीहरुलाई बेहोस बनाएर रहस्यमय तरिकाले कपाल काटिदिएको हो ।

प्रहरीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

हरियाणा राज्यको गुडगाउँस्थित भीमगढ इलाकामा बस्दै आएकी ५३ वर्षीय सुनिता देवीले भनिन्, ‘एक चम्किलो फ्ल्यास लाइटबाट म बेहोस भएँ, एक घण्टापछि मलाई थाहा भयो कि मेरो कपाल कसैले काटिसकेछ ।’

गत शुक्रबार उनीमाथि भएको सो हमलापछि आतंकित भएकी उनले भनिन्, ‘त्यो घटनापछि मलाई निन्द्रा लागेको छैन । कुनै काम गर्न मन लाग्दैन । राजस्थानमा यस्तो घटना भएको मैले सुनेकी थिएँ तर यहाँ पनि यस्तो हुन्छ भन्ने मैले सोचेकै थिइनँ ।’

यस्तो ‘काल्पनिक हजाम’ को पहिलो समाचार जुलाइमा राजस्थानबाट आएको थियो । तर यस्ता खबर अब हरियाणा र दिल्लीमा पनि आउन थालेका छन् ।

अर्की एक महिला आशादेवीले पनि गत शुक्रबार नै आफ्नो कपाल गुमाइन् । आशादेवीमाथि भएको सो घटनालगत्तै उनी र परिवारका अन्य महिला सदस्यलाई उत्तर प्रदेशस्थित आफन्तको घरमा पठाइएको छ ।

आशादेवीका ससुरा सुरज पालले उक्त दिनको घटना सम्झदै भने, ‘उनी राति १० बजेतिर घरबाहिर काम गर्दै थिइन् । आधा घण्टासम्म पनि नआएपछि उनलाई खोज्न थाल्यौं । उनी बाथरुपमा बेहोस अवस्थामा फेला परिन् । उनको कपाल काटिएको थियो ।’

होस खुलेपछि आशाले आफूलाई कुनै महिलाले आक्रमण गरेको बताइन् । उनले भनिन्, ‘१० सेकेन्ड जतिमा सबै कुरा भइसकेको थियो ।’

गुडगाउँबाट ७० किलोमिटरको दुरीमा रहेको रेवाडी जिल्लामा पनि यस्तै घटना प्रकाशमा आएको छ । जोनवासा गाउँकी २८ वर्षीय रिनादेवीका अनुसार उनीमाथि गत बिहीबार हमला भएको थियो । उनका अनुसार उनीमाथि मानिसले नभई बिरालोले हमला गरेको थियो ।

‘म आफ्नो काम गरिरहेकी थिएँ, त्यतिबेला नै मैले एउटा ठूलो आकृति देखेँ,’ उनले भनिन्, ‘बिरालोजस्तै थियो त्यो, मेरो काँधमा केही भारी महसुस भयो, मलाई यतिमात्र याद छ ।’
खडखडा गाउँकी ६० वर्षीय सुन्दरदेवी शनिबार यस्तै घटनामा पीडित अर्की महिला हुन् । उनले भनिन्, ‘म छिमेकीको घरमा गइरहेकी थिएँ, पछाडिबाट कसैले मलाई काँधमा छोयो, म पछाडि फर्किएर हेर्दा कोही देखिएन । त्यसपछि के भयो भन्ने मलाई थाहै भएन ।’

२८ वर्षीय रिमादेवीका अनुसार गत बिहीबार उनको कपाल काटिदा उनी मोबाइलमा गेम खेल्दै थिइन् । उनले भनिन्, ‘मेरो पति र बच्चा कोठामै थिए । कपाल तानिएको जस्तो महसुस भयो, पछाडि फर्किएर हेर्दा मेरो कपाल काटिएको थियो ।’

गुडगाउँ प्रहरी प्रवक्ता रविन्दर कुमारका अनुसार प्राप्त उजुरीमाथि छानविन भइरहेको छ । ‘यो विचित्र घटना हो, हामीले घटनास्थलबाट कुनै तथ्य फेला परेको छैन । पीडितको मेडिकल टेस्टमा पनि कुनै प्रकारको असामान्य लक्षण देखिएको छैन ।’ कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको उनले बताए ।

उनले भने, ‘केवल पीडितले हमलाकारीलाई देखेको वा महसुस गरेको भनेका छन्, हामी यस्ता घटनाको गहिराईमा पुग्छौं । त्यतिन्जेलसम्म म सबैलाई हल्लामा विश्वास नगर्न अपील गर्दछु ।’ (बीबीसीबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
चुनावअघि र पछि एमालेमाथि गरिएका भविष्यवाणी फेल खाए : केपी ओली
प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
भूकम्पपीडितलाई चौध हजार क्युफिट काठ
भूकम्पपीडितलाई चौध हजार क्युफिट काठ
Table Portal Suppliers
प्रधानमन्त्री ओली डिस्चार्ज, रिपोर्ट सामान्य
प्रधानमन्त्री ओली डिस्चार्ज, रिपोर्ट सामान्य
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं : प्रधानमन्त्री
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
ललिता निवास प्रकरणः यसकारण विष्णु पौडेलसहित १० जनालाई उन्मुक्ति
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !