प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु

सारांश

  • संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको आशंका गर्दै छानविन शुरु गरेको छ ।
  • नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरीका आधारमा छानवीन शुरु गरिएको समितिले जानकारी दिएको हो ।
  • ठेक्कासम्बन्धि विषयमा आर्थिक अनियमितता भएको पाइएपछि छानवीन शुरु गरेको समितिको दाबी छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको आशंका गर्दै छानविन शुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरीका आधारमा छानवीन शुरु गरिएको समितिले जानकारी दिएको हो । ठेक्कासम्बन्धि विषयमा आर्थिक अनियमितता भएको पाइएपछि छानवीन शुरु गरेको समितिको दाबी छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण प्रणालीलाई गुणस्तरीय बनाउने योजनासहित देशभर विद्युत पिलरसहितको प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडानको कामलाई अघि बढाएको थियो । ठेक्का प्रक्रियामै अनियमितता देखिएको भन्दै लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग आवश्यक कागजात समेत मागेको छ ।

त्यस्तै, लेखा समितिले अन्त शुल्क स्टिकर छपाईमा अर्थ मन्त्रालयले ग्लोबल टेण्डर आह्वान नगरेको भन्दै छानविन शुरु गरेको छ । अन्त शुल्क स्टिकर छपाईमा समेत आर्थिक अनियमितताको आशंका गर्दै समितिले अर्थ मन्त्रालयसँग आवश्यक जानकारी माग गरेको छ ।

यसैबीच तारा गाउँ विकास समितिको जग्गा हायत रिजेन्सी होटलले पुनर्मूल्यांकन गरेर सेयर हडपेको विषयमा पनि लेखा समितिले छानवीन अघि बढाएको छ । ३९ प्रतिशत सेयर रहेको समितिको सो जग्गालाई हायत रिजेन्सी होटलले जमिनको पुनर्मूंल्यांकन गरी ९ प्रतिशतमा सिमित गरेको थियो । महालेखा परीक्षक कार्यालयले पनि हायातले अनियमितता गरेको प्रतिवेदन सार्वजनिक गरेपछि समितिले सम्बन्धित निकायबाट आवश्यक काजगात झिकाएर छानविन अघि बढाएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?