जेनेभा फर्किए टेड्रोस

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
जेनेभा फर्किए टेड्रोस

सारांश

  • विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.
  • टेड्रोस एड्हानोम गेहब्रेयसस तीन दिने औपचारिक भ्रमण सकेर फर्किनुभएको छ ।
  • उहाँ आज जेनेभा फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तीन दिने औपचारिक भ्रमण सकेर फर्किनुभएको छ । उहाँ आज जेनेभा फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेड्रोसको टोलीलाई बिदाई गर्न परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बिहीबार काठमाडौं आइपुगेका महानिर्देशक टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

शुक्रबार प्रधानमन्त्री निवास पुग्दा उहाँलाई प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगको लागि धन्यवाद दिनुभएको थियो ।

भेटमा महामनिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरसविरूद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेको भन्दै यस्तो प्रभावकारी कार्यका लागि प्रधानमन्त्री देउवाको प्रशंसा गनुभएको थियो ।

टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरूद्ध बालबालिकालाई खोप सुरू गरेकामा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?