राजधानी छिर्ने टिपरका लागि बन्यो यस्तो नयाँ नियम
सारांश
- मुलुकको राजधानी काठमाडौ उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ ।
- यातायात ब्यबसायी र महानगरीय ट्राफिक प्रहरी महाशाखा संगको छलफल पछि नयाँ नियम लागु गर्ने निर्णय भएको हो ।
- १५ दिनभित्र लागु हुने गरि सोहि अनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ ्र यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ ।
मुलुकको राजधानी काठमाडौ उपत्यकाभित्र प्रवेश गर्ने टिपरका लागि नयाँ नियम लागु गरिने भएको छ ।यातायात ब्यबसायी र महानगरीय ट्राफिक प्रहरी महाशाखा संगको छलफल पछि नयाँ नियम लागु गर्ने निर्णय भएको हो ।
१५ दिनभित्र लागु हुने गरि सोहि अनुसार उपत्यकाभित्र प्रवेश गर्ने टिपरले पछाडिको भागमा दुवैतिर नम्बर प्लेट राख्नुपर्ने छ ्र यस्तै, टिपरको अगाडिपट्टी सीसामाथि सजाइने झल्लरी पनि हटाउनु पर्नेछ । ठुलो आवाजमा गीत, संगीत सुन्न राखिएका वुफर हटाउनुका साथै लुकिङ ग्लास पनि दुरुस्त राख्नुपर्ने छ ।
यसैगरी, काठमाडौँ–सिन्धुपाल्चोक रुटमा सञ्चालन हुने हेलम्बु यातायातको छतमा राखिएको हुड पनि हटाइने भएको छ । सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा सवारी साधन अनियन्त्रित भइ दुर्घटना हुने गरेकाले हुड हटाउने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया