नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेपालको एक ईन्च भू–भाग पनि मिचिन दिन्नौं : प्रधानमन्त्री देउवा

सारांश

  • काठमाडौँ, ११ माघ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने स्पष्ट पारेका छन् ।
  • विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा तयार पारेको स्थलगत प्रतिवेदन बुझेपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक ईन्च भूभाग पनि मिचिन नदिने स्पष्ट पारेका छन् ।

विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त टोलीले पर्साको विभिन्न क्षेत्रमा भारतीय पक्षले नेपाली भूभाग मिचेको बिषयमा तयार पारेको स्थलगत प्रतिवेदन बुझेपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार प्रकाशित भएपछि दुवै विद्यार्थी संगठनको संयुक्त टोली स्थलगत अवलोकनमा गएको थियो। स्थानीयबासीसँगको छलफल र दुवै देशको सिमासम्बन्धी नक्साको अध्ययनपश्चात प्रतिवेदन तयार पारी प्रधानमन्त्रीलाई सुझावसहित बुझाएको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिईन ।

विद्यार्थीहरुले दशगजा क्षेत्रमा भारतीय पक्षले भौतिक संरचना बनाएको, नक्सांकनमा संलग्न नेपाली पक्षले हेलचेक्र्याइ गरेको जस्ता समस्या औंल्याएका छन्।

अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा विद्यार्थी टोली सिमा मिचिएको भनिएको पर्साको विभिन्न स्थानमा पुगेको थियो।

  

 

तस्विर : सुरेन्द्र बस्नेतको फेसबुकबाट

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Khadka Babu

    Haso lagney kura nagar deuba sarkar ?timi bat asa xaina hami lai .

    Comment Author

    Stanger Solitary Durgesh Shrees

    धन्यवाद जय नेपाल

    Comment Author

    Prabhat Kiran

    बेचेकाे अनि मिच्न किन दिनु पराे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?