प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन्।
  • प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार बिहान भारत प्रस्थान गरेका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार बिहान भारत प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले विदाई गरेका थिए। त्यस अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाले सलामी पनि अर्पण गरेको थियो।
प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सहभागी हुन नियन्त्रणा गरेका थिए। प्रधानमन्त्री ओली आजै साँझ हुने मोदीको सपथग्रहण समारोहमा सहभागी हुने र भोली स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओेलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?