हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
हावादारी कुरा होइन: हावाबाट बिजुली निस्कियो, गाउँ नै उज्यालो

सारांश

  • सिन्धुली, १३ माघ ।
  •  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङमुक्त गर्ने बताएपछि कतिपयले त्यसलाई हावादारी कुरा भनेका थिए ।
  • तर, पछिल्लोपटक धमाधम हावाबाट बिजुली उत्पादन गर्न थालिएपछि हावाबाट बिजुली उत्पादन गर्ने कुरा हावादारी नभएको प्रमाणित भएको छ ।

सिन्धुली, १३ माघ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङमुक्त गर्ने बताएपछि कतिपयले त्यसलाई हावादारी कुरा भनेका थिए । तर, पछिल्लोपटक धमाधम हावाबाट बिजुली उत्पादन गर्न थालिएपछि हावाबाट बिजुली उत्पादन गर्ने कुरा हावादारी नभएको प्रमाणित भएको छ ।

तर,  सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो ।

त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दिप उपाध्यायले जानकारी दिए ।

नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्य मिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ ।

नेपाल सरकार तथा एसियाली विकास बैंकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ रुपैंया गरी कूल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिए ।

परियोजनाको कूल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ । बिहान १० बजेपछि वायुको कम चाँप हुँदा विद्युत् उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्य प्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्य प्रणाली निष्क्रिय भई हावाबाट मात्र ब्याट्री चार्ज हुने भएकाले यी दुबै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने उनको भनाइ छ ।

अहिलेसम्म कै नेपालमा पहिलो पटक वायु र सौर्य प्रणालीबाट एकै स्थानमा विद्युत् उत्पादन गरिएको उनले बताए । हाबाबाट बिजुली उत्पादन गर्ने लक्ष्य अनुरुप देशका विभिन्न स्थानमा विद्युत् उत्पादन गर्ने कार्य भइरहे पनि सिन्धुलीमा अहिलेसम्मकै सबै भन्दा बढी क्षमताको विद्युत् उत्पादन भएको हो ।

यसअघि मकवानपुर बागमति गाउँपालिका– ५ मा सबै भन्दा बढी क्षमताको भोर्लेनी वायु ऊर्जा प्रणालीबाट १५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको जिसस सिन्धुलीका वातावरणीय अधिकृत उपाध्यायले बताए । सो परियोजनाबाट ८५ घरपरिवार लाभान्वित भएका छन् ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    उत्तम घिमिरे

    “सानाे पाडि व्याउँछ” भन्या हैनन् ? जिस्क्याउँथे नि । ल हेर , छ वर्षमा व्याईहाल्याे नि ?

      Comment Author

      Murari Budhathoki

      Wow

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok….kp..oli..

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok…kp..oli..

    Comment Author

    Ekraj Neupane

    काङ्ग्रेसले नपत्याउलान

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?