भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

सारांश

  • दमौली, १२ पुस,तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।
  • रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो ।
  • आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ ।

दमौली, १२ पुस,तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ । उहाँले माउ र दुई वटा बच्चासहितको भालुले स्थानीयवासी हमेजदिन मियाँ, उजेली मियाँ, जमिर मियाँ, हाकिमदिन मियाँ, सौकत अली मियाँले लगाएको कोदो खाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पन्ध्र दिनदेखि माउसहितको भालुले यस ठाउँका कृषकलाई दुःख दिइरहेको छ ।”

भालु रातभर गाउँमा डुल्ने र घरको आँगनमा राखिएको फर्सी, भँैसी–बाख्रालाई खुवाउनका लागि राखिएको कुँडोसहितको पानीसमेत खाइदिने गरेको स्थानीयवासी जमिर मियाँले जानकारी दिनुभयो । “अलि पहिला त खेतबारीको अन्न मात्रै खाने गरेको थियो, अहिले त घरमै आएर समेत खानेकुराहरू खाइदिने गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार भालुको आतङ्क बढेपछि सर्वसाधारण रात पर्ने बित्तिकै घरमै बस्ने गरेका छन् । उहाँले रातिको समयदेखि बिहान उज्यालो हुने बेलासम्म भालु गाउँघरमै डुल्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका–२, ३ र ४ मा चितुवाले दुःख दिइरहेको छ भने यस ठाउँमा भालुको आतङ्क बढेको छ ।”

यहाँका बाटोका केही ठाउँमा भालुबाट बच्नका लागि सडक बत्तीसमेत जडान गरिएको छ । उज्यालो भएको ठाउँमा भालु नआउने र अँध्यारो भएको ठाउँमा मात्रै भालु हिँड्डुल गर्ने गरेकाले घरछेउमा रहेका झाडी फँडानी गर्न लागिएको रफिक मियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
वर्षाका कारण बाटो अवरुद्ध
युएई विरुद्धको खेलमा नेपाल विजयी, एकदिवशीयमा ऐतिहासिक सफलता
युएई विरुद्धको खेलमा नेपाल विजयी, एकदिवशीयमा ऐतिहासिक सफलता
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
‘बुलबुल’ टिजरमा, ट्राफिक चपेटामा स्वस्तिमा [भिडियो]
‘बुलबुल’ टिजरमा, ट्राफिक चपेटामा स्वस्तिमा [भिडियो]
११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद
११ वर्षपछि प्रचण्ड-विप्लवबीच मिलनको संवाद
फास्ट-ट्र्याकबारे रक्षामन्त्री नै बेखबर
फास्ट-ट्र्याकबारे रक्षामन्त्री नै बेखबर
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय
मधुमेहको लक्षण र बच्ने उपाय
मधुमेहको लक्षण र बच्ने उपाय
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे

तपाईंले छुटाउनुभयो कि?