चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
सारांश
- बिनोद श्रेष्ठ युएई, १३ माघ ।
- धादिङको बेनिघाट गाँउपालिका–३ को चेपाङ बस्तीमा रहेको श्री भुमिस्थान प्राथमिक विद्यालय र चन्द्रोदया माध्यामिक विद्यालय (बेनिघाट) लाई ८ थान कम्प्युटर, शैक्षिक सामाग्रीसहित पाँच लाख ५० हजार आर्थिक सहयोग गरिएको छ ।
- धादिङ समाज युएई, गाउँमा कम्प्युटर शिक्षा अभियान नेपाल, एनआरएन युएई र शुभयात्रा साँझ युएईको संयुक्त सहयोगमा गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालका कोषाध्यक्ष दिपक ढकाल, धादिङ समाज युएईका सल्लाकार एवं एनआरएन आइसिसि सदस्य मनोज गोर्खाली र नेपाली समाज युएईका उपाध्यक्ष प्रविनकाजी श्रेष्ठले संयुक्त रूपमा सो कम्प्युटर, शैक्षिक सामाग्री र आर्थिक सहयोग गरेका हुन् ।
बिनोद श्रेष्ठ
युएई, १३ माघ । धादिङको बेनिघाट गाँउपालिका–३ को चेपाङ बस्तीमा रहेको श्री भुमिस्थान प्राथमिक विद्यालय र चन्द्रोदया माध्यामिक विद्यालय (बेनिघाट) लाई ८ थान कम्प्युटर, शैक्षिक सामाग्रीसहित पाँच लाख ५० हजार आर्थिक सहयोग गरिएको छ ।
धादिङ समाज युएई, गाउँमा कम्प्युटर शिक्षा अभियान नेपाल, एनआरएन युएई र शुभयात्रा साँझ युएईको संयुक्त सहयोगमा गाउँमा कम्प्युटर शिक्षा अभियान नेपालका कोषाध्यक्ष दिपक ढकाल, धादिङ समाज युएईका सल्लाकार एवं एनआरएन आइसिसि सदस्य मनोज गोर्खाली र नेपाली समाज युएईका उपाध्यक्ष प्रविनकाजी श्रेष्ठले संयुक्त रूपमा सो कम्प्युटर, शैक्षिक सामाग्री र आर्थिक सहयोग गरेका हुन् ।
चेपाङ बाल बालिकाहरुलाई सहयोग पुग्ने उद्देश्यले ८ थान कम्प्युटर सेट, ४६ वटा ट्रयाक सुट, ४६ जोर जुत्ता मोजा, दुई सय ४६ दर्जन कापीकलम र पाँच लाख ५० हजार आर्थिक सहयोग गरिएको थियो ।
रोरा गाँउपालिका अध्यक्ष हरी डल्लाकोटी, उपाध्यक्ष देवीप्रसाद सिलवाल, रोराङ–५ का अध्यक्ष रोशन कुमार सिलवाल र रोराङ–९ का अध्यक्ष शुरेस मल्लको बिषेश उपस्थितिमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रयस श्रेष्ठ, प्रधानध्यापक भुमीप्रसाद कँडेललाई उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया