मेस्सीलाई फकाउदै प्रशिक्षक स्कालोनी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मेस्सीलाई फकाउदै प्रशिक्षक स्कालोनी

सारांश

  • काठमाडौँ, १४ पुस ।
  • फ्रान्स विश्वकपमा अर्जेन्टिना बाहिरिएपछि देशका लागि केही समय नखेल्ने घोषणा गरेका मेस्सीलाई अर्जेन्टिनाका फुटबल प्रशिक्षक स्कालोनीले फकाई रहेको समाचारहरुमा जनाईएको छ।
  • केही समय ब्रेक लिने बताएका मेस्सीले भने अझै राष्ट्रिय टिममा फर्कने कुनै चासो देखाएका छैनन् ।

काठमाडौँ, १४ पुस । फ्रान्स विश्वकपमा अर्जेन्टिना बाहिरिएपछि देशका लागि केही समय नखेल्ने घोषणा गरेका मेस्सीलाई अर्जेन्टिनाका फुटबल प्रशिक्षक स्कालोनीले फकाई रहेको समाचारहरुमा जनाईएको छ।

केही समय ब्रेक लिने बताएका मेस्सीले भने अझै राष्ट्रिय टिममा फर्कने कुनै चासो देखाएका छैनन् । आउँदो कोपा अमेरिका कपका लागि मेस्सीलाई खेलमा फर्काउने योजना रहेको प्रशिक्षकले बताएका छन ।

मेस्सीलाई फर्काउने विषयमा प्रशिक्षक स्कालोनीले छलफल गरिरहेको बताउदै प्रशिक्षक स्कालोनीले भने,‘मैले सन् २०१९ मा अर्जेन्टिनासँग जोडिनका लागि मेस्सीलाई आग्रह गर्न गरेको छु आशा छ यसमा मेस्सीबाट सकारात्मक जवाफ आउने छ’।

तर अर्जेन्टिनाको राष्ट्रिय टिमबाट नखेले पनि मेस्सीले स्पेनिस लालिगामा बार्सिलोनबाट खेलिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?