खोटाङमा सरकारि कार्यालयमा चाेरी
सारांश
- खोटाङ, ६ मंसिर ।
- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्य चौकी र चम्पावती माविको ढोका तोडफोड गरेर नगद तथा सामान चोरी भएको छ ।
- बुधबार राति अज्ञात समूहले वडा कार्यालयको दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको झन्डै ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो ।
खोटाङ, ६ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित वडा कार्यालय, हुलाक कार्यालय, स्वास्थ्य चौकी र चम्पावती माविको ढोका तोडफोड गरेर नगद तथा सामान चोरी भएको छ । बुधबार राति अज्ञात समूहले वडा कार्यालयको दराज तोडेर सामाजिक सुरक्षा भत्तासम्बन्धी कागजात च्यातेर फालेको, राजस्ववापत उठेको झन्डै ५ हजार रकम चोरी भएको, वडाको कागजात छरपस्ट बनाएर फालिदिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताउनुभयो ।
यस्तै, चम्पावती माविको दराज फुटाएर एक थान ल्यापटप र लेखामा रहेको केही नगद चोरी भएको प्रहरीले जनाएको छ ।हुलाकको १ हजार नगद र तीन सयको हुलाक टिकट पनि चोरी भएको छ । हुलाक र स्वास्थ्यचौकीको कागजात पनि छरपस्ट पारेर फोलेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।
यस्तै, व्यवसायी सागर खनालको पसल फोडेर नगद ६० हजार, रिचार्ज कार्ड र दम्पत्तीको नागरिकता चोरी भएको छ । ढकालका अनुसार अर्का व्यवसायी रमेश राईको पसल फुटाए । ५ हजारको रिचार्ज कार्ड, नगद ३ हजार, चुरोट, रक्सीलगायत चोरी भएको छ । घटनामा संलग्नको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया