ओली प्रधानमन्त्री बनेलगत्तै राष्ट्रपति सी जिनपिङ नेपाल आउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, पुस २० ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएका छन् ।
  • चिनले ओली प्रधानमन्त्री बनेपछि सी जिनपिङ नेपाल भ्रमणमा आउने सन्देश पठाएको हो ।

काठमाडौं, पुस २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएका छन् । चिनले ओली प्रधानमन्त्री बनेपछि सी जिनपिङ नेपाल भ्रमणमा आउने सन्देश पठाएको हो ।

चिनले माओवादी र एमालेबीच पार्टी एकतालाई पनि प्राथमिकतामा राखेको छ । दुई पार्टीबिच एकता भएर नयाँ सरकारको नेतृत्व ओलीले गरेपछि सी जिनपिङ नेपाल आउने जानकारी गराएको छ ।

नेपालमा कम्युनिष्ट सरकार बनेपछि चिनको नेपाल नीति फराकिलो बनाउनेसमेत उल्लेख गरेको छ । सम्बन्ध विस्तारका लागि नेपाललाई चिनले उच्च प्राथमिकतामा राखेको हो ।

विगतमा नेपाल–चिनबिच भएका सम्झौता कार्यान्वयनका लागि पनि चिनले अग्रसरता देखाउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?