प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्राकृतिक स्रोतको सदुपयोगबाट आर्थिक समृद्धि : राष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौं, १३ माघ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।
  • इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत् विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेकी छिन् ।

इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट, २०१८’ को आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देशको विकास हुने भएकाले त्यसका लागि प्रभावकारी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रपति भण्डारीले भनिन् “स्वदेशी तथा विदेशी लगानी भित्र्याएर जलविद्युत् क्षेत्रको विकासमा सरकार लागिपर्नेछ भन्ने मैले विश्वास लिएको छु । ऊर्जा संकट सामना गरिरहेको नेपाललगायत दक्षिण एशियाली मुलुकका लागि हाम्रो प्राकृतिक स्रोत महत्वपूर्ण हुन सक्छ ।”

नेपालको भूवनोटका कारण वायु, सौर्य ऊर्जाको पनि प्रचुर सम्भावना रहेको भन्दै उनले दिगो अर्थतन्त्रको विकासका लागि समेत साधन र स्रोतको प्रयोगमा जोड दिनुपर्ने धारणा राखिन् ।

खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग गरेर मात्रै आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्न सकिने भएकाले त्यसमा विशेष दक्षता र सुझबुझका साथ सरकार प्रस्तुत हुने राष्ट्रपति भण्डारीको विश्वास थियो ।

नेपालमा कूल छ हजार बढी नदीनाला रहेको भन्दै र नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको भए पनि एक हजार मेगावाटको आसपासमा मात्रै उत्पादन गरेर बस्नुपर्ने वाध्यता रहनु दुःखद् रहेकाले आगामी दिनमा गुणात्मक फड्को मार्ने राष्ट्रपतिको भनाइ थियो ।

नेपाललाई पूँजी, प्रविधि, बजार र ज्ञानको जरुरी रहेकोमा जोड दिँदै राष्ट्रपति भण्डारीले लगानीमैत्री वातावरण बन्न सके एकाध वर्षमा ठूलाठूला परियोजनासमेत निर्माण सम्पन्न भएर सुमृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरिन् ।

आगामी दश वर्षमा ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ पावर समिटको आयोजना गरिएको जानकारी दिँदै इनर्जी डेपलपमेन्ट काउन्सिलका प्रमुख सुजित आचार्यले त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सधैं सहयोगी रहँदै आएको धारणा राखे । नेपाल र भारत दुवै मिलेर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको, संकटको समयमा नेपाललाई विद्युत् उपलब्ध गराएको र भारतीय लगानीकर्ताले नेपालका विभिन्न आयोजनामा लगानी समेत गरेको उनको भनाइ थियो ।

अरुण तेस्रो, माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको क्रममा प्रवेश गरेको, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्राविधिक काम सम्पन्न भएपछि प्रक्रिया शुरु हुने राजदूत पुरीले उल्लेख गरे ।

तीन दिनसम्म चल्ने समिटमा विभिन्न मुलुकका ३५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । समिटबाट प्राप्त हुने सुझावलाई कार्यान्वयनका लागि सरकारलाई आग्रह गरिने आयोजक संस्थाका प्रतिनिधिले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जो मन्त्री आएपनि यामकुमारीबाट धुरुक्कै
जो मन्त्री आएपनि यामकुमारीबाट धुरुक्कै
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
नेकपामा विवाद उस्तै, प्रम ओलीसँग उधारोमा सहमति नखोज्ने नेपाल पक्षको अडान
सानेपा हत्याकाण्डः पोस्टमार्टम रिपोर्टमा के छ ?
सानेपा हत्याकाण्डः पोस्टमार्टम रिपोर्टमा के छ ?
भूकम्पको चार वर्षः ‘अधिकार आयो, जनशक्ति आएन’
भूकम्पको चार वर्षः ‘अधिकार आयो, जनशक्ति आएन’
बढ्दो कम्मर स्वस्थ्यको लागि खतरनाक साबित हुनसक्छ !!!
बढ्दो कम्मर स्वस्थ्यको लागि खतरनाक साबित हुनसक्छ !!!
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
मानो रोपेर मुरी फलाउने दिन गए
मानो रोपेर मुरी फलाउने दिन गए

तपाईंले छुटाउनुभयो कि?