भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु

सारांश

  • बीबीसी।
  • पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले आतंकवादी संगठनको शिविरमा आक्रमण गरेपछि कश्मिरको नियन्त्रण रेखामा तनाब बढेको छ।
  • नियन्त्रण रेखाको धेरै ठाउँमा  दुवै देशका सुरक्षाकर्मीबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ।
बीबीसी। पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले आतंकवादी संगठनको शिविरमा आक्रमण गरेपछि कश्मिरको नियन्त्रण रेखामा तनाब बढेको छ। नियन्त्रण रेखाको धेरै ठाउँमा  दुवै देशका सुरक्षाकर्मीबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ।
भारत र पाकिस्तान दुवैले एकअर्कामाथि कश्मिरको नियन्त्रण रेखामाथि युद्ध विराम उल्लघंन गरेको आरोप लगाएका छन्।
मंगलबार साँझ कोटली सेन्तरमा भारतीय सुरक्षाबलको गोली लागी चार जनाको मृत्यु भएको समाचार छ। मृत्यु हुनेमा तीन महिला र एक बच्चा रहेका छन्। गोली लागेर अन्य धेरै घाइते भएको बताइएको छ। अधिकारीहरुका अनुसार भारतीय सुरक्षा बलले नियन्त्रण रेखामा रवाकोट, भाँबर, चाकोत र कोटलीमा मेशिनगनले गोली प्रहार गरेका थिए।
कोटली जिल्लामा गोलीबारको असर सबैभन्दा धेरै भएको बीबीसीले जनाएको छ। नियन्त्रण रेखाका अन्य चार ठाउँमा पनि गोलीबारी भएको थियो।
उता भारतले पनि पाकिस्तानमाथि नियन्त्रण रेखामा युद्ध विराम उल्लंघन गरेको आरोप  लगाएको छ।
भारतीय सेनाका अनुसार पाकिस्तानी सुरक्षा बलले नियन्त्रण रेखा नजिकै युद्ध विरामको उल्लंघन गरेको छ।
भारतीय सेनाको दाबी अनुसार पाकिस्तानकातर्फबाट जम्मू–कश्मिरको अखनूर, नौशेरा र कृष्णा उपत्याका सेन्टरमा युद्ध विरामको उल्लंघन भएको छ।
भारतीय सेताकातर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘युद्ध विराम भारतीय समय अनुसार करिव साँढे पाँच बजे भएको हो। पाकिस्तानले एकतर्फी रुपमा ठूलो मात्रामा गोलीबारीमार्फत युद्ध विरामको उल्लंघन गरेको छ। भारतीय सेनाले बाध्य भएर जवाफी कारवाही गर्नुपर्यो।’
सेनाका अनुसार यो आक्रमणमा पाँच जना घाइते भएका छन् र, उनीहरुलाई सेनाको अस्पतालमा भर्ना गरिएको छ।
पुँछ र राजैरी जिल्लाको नियन्त्रण रेखाबाट पाँच किलोमिटरको दूरीका सबै स्कुल अर्को आदेश नभएसम्मकालागि बन्द गरिएको छ।
भारत प्रशासित कश्मिरको पुलवामामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ प्रहरीबलको समूहमाथि भएको आतंकवादी आक्रमणपछि  दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। यो आक्रमणमा ४० जवानको मृत्यु भएको थियो। भारतले यो आक्रमणकालागि पाकिस्तानमा आश्रय लिएर बसेको आतंकवादी संगठन जैश–ए–मोहम्मदलाई जिम्मेवार ठहर्याएको छ। तर पाकिस्तानले उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?