नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
१७ पटक हेरिएको
Shares
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल

सारांश

  • काठमाडौ, २२ साउन ।
  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढंगले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् ।
  • अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने पनि बताए ।

काठमाडौ, २२ साउन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढंगले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् । अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने पनि बताए ।

रक्षा मन्त्रालयमा आयोजित भेटमा पोखरेलले अमेरिकालाई नेपालले एउटा असल मित्रको रुपमा लिने गरेको बताउँदै भने, “हामी अमेरिकासँगको असल मित्रवत सम्बन्धलाई छलफलमा मात्र नभई परिणाममा आएको हेर्न चाहन्छौं”, उप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले भने ।

भेटमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच “स्टेट पार्टनरसीप प्रोग्राम” सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिएको बताए । नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालिम अत्यन्त प्रभावकारी भएको भन्दै विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको अद्वितीय योगदान रहेको बताएका थिए ।

अमेरिका र नेपालबीच सैनिक एवं कुटनीतिक सम्बन्ध मात्रै नभई नागरिकबीच पनि सुमधुर सम्बन्ध रहिआएको उनले बताए । डेपुटी कमाण्डर फेन्टनले विगतदेखि सैन्य क्षेत्रमा अमेरिकाले पु¥याउँदै आएको सहायतालाई निरन्तर रहिरहने विश्वास दिलाए । उनले नेपालको लोकतन्त्रको विकासमा अमेरिका सदैव सहयात्रा गर्न तयार रहेको बताए ।

भेटमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?