सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार

सारांश

  • काठमाडौँ,१० पुस ।
  • पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले मकवानपुरका सेन राज्य संरक्षणका लागि निर्माण गरिएको दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ कान्द्राङ्गढीको नेपाली सेनाले जीर्र्णोद्धार गरेको छ ।
  • मकवानपुरका सेन राजाले गोरखाली फौजसँग राज्य जोगाउन बनाएको कान्द्राङ्गढी संरक्षणको अभावमा भग्नावशेष बनेको थियो ।

काठमाडौँ,१० पुस । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले मकवानपुरका सेन राज्य संरक्षणका लागि निर्माण गरिएको दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ कान्द्राङ्गढीको नेपाली सेनाले जीर्र्णोद्धार गरेको छ ।

मकवानपुरका सेन राजाले गोरखाली फौजसँग राज्य जोगाउन बनाएको कान्द्राङ्गढी संरक्षणको अभावमा भग्नावशेष बनेको थियो । देवीदत्त गण गजुरीको ८० जनाको समूहले दुई दिन लगाएर सो गढीको मर्मत गरी जीर्णोद्धार गरेको नेपाली सेनाका सेनानी गौरव सिलवालले बताउनुभयो ।

सेनाले ऐतिहासिक गढी, कोट संरक्षण र प्रवद्र्धन गर्न तथा एतिहासिक महत्वका यस्ता ठाउँ भावी पुस्ताका लागि सुरक्षित रख्न लागेको देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो ।

सेन राज्य संरक्षण गर्न करीब दुई सयवर्ष पहिले निर्माण गरिएको गढीको भग्नावशेष मात्र फेला परेको र शिलालेख तथा अन्य ऐतिहासिक सामग्री गढीबाट केही वर्ष पहिलेदेखि हराएको गाउँवासीले बताएका छन् ।

पचासदेखि ६० व्यक्ति गढीभित्र बस्न मिल्ने र आफ्नो सुरक्षाको प्रबन्ध गर्नका लागि मुख्य गढी बनाइएको पाइन्छ । सँगै उत्तरपट्टी सहायक गढी भेटिएको छ । जीर्णोद्धारको क्रममा सेनाको टोलीले सहायक गढी पनि फेला पारेको थियो ।

पहिले गढी भएको सो क्षेत्रमा केही मानिसले मात्र खेती गरेका थिए । हाल गढीको भित्रपट्टिसमेत खेती गरेर गढी भत्काइएको अवस्था छ । सेनाले गढीसम्म जान तल चौकीदेखि गोरेटो बाटो निर्माण गरेको छ । गढीमा सूचना पाटीसमेत राखेर सफा पारिएको छ । भत्किएको पर्खाल लगाइएको छ । मुख्य गढीको पूर्वपट्टि रहेको बलि दिने मौलाको समेत सरसफाइ गरिएको छ ।

गढीको वरिपरि केहि सुरुङसमेत भेटिएको छ । यसको खोजी गरिएको छैन । केही सुरुङबाट तातो हावा आइरहन्छ । भग्नावशेष गढीको संरक्षण गर्न योजना बनाएर गाउँपालिकासमेत लाग्ने बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो ।

चेपाङ बसोबास क्षेत्रमा रहेको कान्द्राङ्गढी पुथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर मलेखु–भण्डारा पर्यटकीय चेपाङ मार्गअन्तर्गत कच्ची सडक यात्रापछि पुगिन्छ । यो स्थान समुद्र सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्जिनियर भनेर बिहे गरेको केटो १० पास मात्रै र विवाहित पनि……..
इन्जिनियर भनेर बिहे गरेको केटो १० पास मात्रै र विवाहित पनि……..
कार्यालयमै अदालतका कर्मचारीको मृत्यु
कार्यालयमै अदालतका कर्मचारीको मृत्यु
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित
तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?
तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?
चर्चा, चर्चा, फेरि चर्चामा आएका रेशम चौधरीको अब के होला ?
चर्चा, चर्चा, फेरि चर्चामा आएका रेशम चौधरीको अब के होला ?
एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण
एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
राजनीतिक समीकरण फेरिएपछि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य
राजनीतिक समीकरण फेरिएपछि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य
कोरोनाभाइरसको प्रकोप झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
कोरोनाभाइरसको प्रकोप झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
अझै २ दिन बर्षा हुने, सतर्क रहन मौशम विभागको अनुरोध
अझै २ दिन बर्षा हुने, सतर्क रहन मौशम विभागको अनुरोध

तपाईंले छुटाउनुभयो कि?