६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
सारांश
- काठमाडौं, १३ माघ ।
- संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबुर राउतले देउवा नेतृत्वको सरकार काम चलाउ सरकार भएकोले अहिले गरिएका पपुलिष्ट निर्णयहरु जायज नभएको स्पष्ट पारेका छन् ।
- शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने जुन निर्णय भयो, यो पपुलिष्ट निर्णय हो, यसले आर्थिक भार पार्छ, हुन त अब आउने सरकारले यी निर्णयहरु उल्टाउँछौं भनेर भनिसकेको छ, त्यसैले यो निर्णय जायज छैन।
काठमाडौं, १३ माघ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबुर राउतले देउवा नेतृत्वको सरकार काम चलाउ सरकार भएकोले अहिले गरिएका पपुलिष्ट निर्णयहरु जायज नभएको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने जुन निर्णय भयो, यो पपुलिष्ट निर्णय हो, यसले आर्थिक भार पार्छ, हुन त अब आउने सरकारले यी निर्णयहरु उल्टाउँछौं भनेर भनिसकेको छ, त्यसैले यो निर्णय जायज छैन।’
२ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदार रहेका उपाध्यक्ष राउतले राजपा र फोरमले मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने विश्वास दिलाए । उनले भने,‘फोरमको तर्फबाट मुख्यमन्त्री बनाउने भन्नेबारे दलहरुवीच करिब करिब सहमति भएको छ, तर औपचारिक भएको छैन।’
उनले आफू संसदीय दलको नेतामा उम्मेद्धवारी दिने पनि जनाए । उनले भने,‘को मुख्यमन्त्री बन्ने कुरा पार्टीले निर्णय गर्ने हो, म बरिष्ठ भएकोले नाताले तपाई नै मुख्यमन्त्री बन्नुहोस् भन्ने आवाजहरु छन्।’
फरक प्रसँगमा उनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेलको विषयमा एमालेसँग आफूहरुको कुरा हुँदा एमालेका नेताहरुले संविधान संशोधनबारे पूनः काईते कुरा गरेको आरोप लगाए । उनले भने,‘एमालेका नेताहरुले संविधान संशोधन आवश्यकत्ता र औचित्यको आधारमा हुन्छ भन्नुभयो, यो काईते कुरा हो।’
Dhruba Neupne
Bidwan ko kura desh ko lagi desh ve hami
Deepak Ghimire
कीन बरू जन्मिने साथ दीदा बेस हुन्थ्यो कि ???
Laxman Chauhan
Neta ko dobbar garda jayaj ho
Mohan Kayasta
K jayej k najayej . Bridhdaharu khusi Chhan. Pension holder bekhusi .
Loknath Regmi
नेतालाई मात्र भत्ता दिने संविधान बनाओ जनता मोरुन
Buddhipd Rai
एउटै नेतालाई उपचार खर्च वापत रु.180000000/अठाह्र करोड रुपैया दिएको उचित छ तर कुनै आयस्रोत नभएको 65 वर्ष पुगेका गरीब नेपाली जनतालाई माशिक रु.2000/दुई हज्जार रुपैयाँ दिने सरकारको निर्णय गलत रहेको छ!!!
Lok Budha
यो गरिब जनताको लागि जायज छ
Nirmal Chalise
तिमीहरूले सांसद भएर तलब र नानाथरीका भत्ता गरेर मासिक लाखाैं कुम्ल्याउन हुने ? वृद्धभत्तामा यत्राे रीस ? डाँकाहरू !
Amulya Gurung
k galat hunu 50 years bata dine nirdaya garnu vko vaya ramro huntho
Chandra Bdr Lamichhane
Gariv haru 70 varsha banchne kamai hunchhan …… 75/i0 varsha garaai dinus hajur….. taaki dherai baanchne mantree/saansad haru le maatrai bhattaa khaana sakun. Gariv laai mat-daan garauara ra dharma gare pachhi chhittai sworga jaane baato kholi diya bhayo… khaya pani ekdin marchhan …. khaana paya pani bhokai base pani….. ke farak parchha .. gariv haru marera …. tapaai jastaa thulaa2 haru baanchnu ra desh chusnu nai uchit chha
Ashok Gahatraj
Taro ba ko ho r
Anil Grg
Salaw chor haru 60 years gar & monthly 5 tho gar
Nurjung Kc
को उल्लु हो यो …….
Jyoti Khanal
Timi haru le looteko chahi jayaj.