बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०८१
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
  • विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताए।

“मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ, जमिनको माटो गलिसकेको हुन सक्छ, भारी वर्षा भएमा चनाखो हुनुपर्छ”, उनले भने, “अहिले पनि बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ।”

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ छ।

“आगामी २४ घण्टामा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, बुलेटिनमा भनिएको छ, “बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।”

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
कास्कीमा १९ राजनीतिक दल र १०० उम्मेदवार चुनावी मैदानमा
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
बुधबारदेखि लुम्बिनीमा त्रिपिटक वाचन हुँदै
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ
संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ
जानिरहनुहाेस अमलाका यी ९ फाइदा
जानिरहनुहाेस अमलाका यी ९ फाइदा
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना