समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२७ पटक हेरिएको
Shares
समयमै काम नगर्नेको ठेक्का रुद्द गर्दै ऊर्जा मन्त्रालय

सारांश

  • काठमाडौ, माघ २६ ।
  • सरकारले तोकीएको समयमा आयोजना पुरा नगर्ने निर्माण व्यवसायीका ठेक्का रद्द गरी कानुनी कारबाही गर्ने तयारी गरेको छ ।
  • विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पुरा नगरेको तथा आयोजना प्रमुखले पनि काम नगरेको पाइएपछि सरकाररले कडा कारवाही को तयारी गरेको हो ।

काठमाडौ, माघ २६ । सरकारले तोकीएको समयमा आयोजना पुरा नगर्ने निर्माण व्यवसायीका ठेक्का रद्द गरी कानुनी कारबाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पुरा नगरेको तथा आयोजना प्रमुखले पनि काम नगरेको पाइएपछि सरकाररले कडा कारवाही को तयारी गरेको हो ।

निर्माण व्यवसायीको लापरबाही र ठेक्का प्रक्रियामा भएको ढिलाईका कारण आयोजना वर्र्षौसम्म लम्बिने गरेकोले त्यसलाई नियन्त्रण गर्न जरुरी भएको निष्र्कष सरकार पुगेको छ । उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयअन्र्तगतका विभाग कम्पनि र नेपाल विद्युत प्राधिकरण लगायत निकायका रुग्न तथा समयमै सम्पन्न हुन नसकेको ठेक्का सँग सम्बन्धित ठेकेदारलाई कारबाही गर्ने तयारी गरिएको छ ।

सो मन्त्रालय मातहतका लागी केही आयोजनाको अवस्था अझै पनि जटिल रहेका तथा समयमै पुरा हुने अवस्थामा नभएको मन्त्रालयले कडा निती अख्तियार गर्न लागेको ऊर्जा , जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जानकारी दिए ।पछिल्लौ दुई वर्षको रुगण र काम हुन नसकेको आयोजना का ठेक्का प्रतिशतमा उल्लेख्य कमी आएको प्रधानमन्त्री कार्यालयले हालै तयार पारेको प्रतिवेदनले देखाए पनि केही आयोजनाको काम भने अझै जटिलता रहेको छ ।

मन्त्री पुनका अनुसार विगतमा रानितिक अस्थिरता र संक्रमणको पाmइदा उठाँउदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृति विकासको बाधक रुपमा रहेको थियो । वर्तमान सरकार गठन भइपछि त्यस्तो प्रवृतिमा केही सुधार आएको भएपछि पुर्णरुपमा सुधार आउन समय लााग्ने भएकाले मन्त्रालयले कडा निती अख्तियार गरेको उनको भनाई छ ।

आफुले मन्त्रालयको नेतृत्व गरेयता दुई वर्षको अवधिमा समस्याग्रस्त ठेक्काको सख्यामा कमी आएको भन्दै उनले बाँकी रहेकाले पनि निरन्तर प्रगती विवरण हेरिरहेको जानकारी दिए । ठेक्का लगाउने सम्बन्धित कार्यालयले विभाग मार्फत मासिक रुपमा प्रगती विवरण मन्त्रालय मा पठाउने व्यवस्था गरिएको उनले बताए ।(नागरिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?